Tuesday, October 12, 2010

एमाले र माओवादी हठका कारण मुलुक संकटमा ःमन्त्री आलम

रौतहट/२६/असोज
श्रम तथा यातायात मन्त्री मोहम्मद आफताब आलमले एमाले र माओवादकिो हठका कारण मुलुक संकटमा परेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस रौतहटद्वारा मंगलवार गौरमा आयोजित बडा दशैको शुभकामना आदनप्रदान कार्यक्रम पश्चात संचारकर्मीहरु संग कुरा गर्दै मन्त्री आलमले उक्त आरोप लगाउनु भएको हो ।
एमालेका अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दहालको कर्ुर्सर्ीी जाने हठबादी राजनितिको कारण मुलुक अनिर्ण्र्ााो बन्दी बन्दै गम्भिर संकटमा परेको बताउनुभयो । नेपाली कांग्रेस सहमती र समझदारी कायम गरी जनताको संविधान बनाउने पक्षमा संर्घष्ा गरिरहदा पनि उनीहरुको हठका कारण मुलुकको अवस्था दयनिय हुदै गएको उहांले चर्चा गर्नुभयो ।
कांग्रेस लोकतान्त्रिक संविधान बनाउने पक्षमा रहेको जिकिर गर्नुहुंदै केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री आलमले लोकतन्त्र गुम्न नदिन नेपाली काग्रेसले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदबार बनाएकोले उहांको उम्मेवारी कुनै हालतमा फिर्ता नहुने विचार व्यक्त गर्नुभयो ।
प्रमुख तिन दल विच तिन बुंदे सहमती भएर नै संविधान सभाको म्याद थप भए अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा गरिसक्दा पनि माओवादीले उक्त र्सतहरु पालना नगरेको आरोप लगाउंदै मन्त्री आलमले विकास निर्माणको कार्यहरु अगाडी बढाउन तथा कर्मचारीहरुलाई तलव खुवानका लागि दशै पछि पर्ूण्ा बजेट ल्याउने तयारी भइरहेको खुलासा गर्नुभयो ।
माओवादीहरु संविधान बनाउने पक्षमा नरहेको चर्चा गर्दै मन्त्री आलमले माओवादीको उक्त षड्यन्त्रलाई नेपाली कांग्रेसले कहिल्यै पुरा हुन नदिन जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । एक प्रश्नको जवाफमा मन्त्री आलमले कांग्रेसको १२ औं महाधिवेशनबाट फुटेर होइन मिलेर अगाडी बढ्ने म्यान्डेड दिएकोले राष्ट्र निर्माण र लोकतान्त्रिक संविधान बनाउन कांग्रेस तयार रहेको भन्नुभयो ।
सो कार्यक्रममा स्वतन्त्र सभासद बबन सिह, नेपाली कांग्रेस रौतहटका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पर्साको झौवामा बस पल्टिदा ११ घाइते

वीरगंज/२६/असोज
वीरगंजवाट सवैठवा जाने क्रममा ना ३ ख २७१२ नम्बरको मिनी बस झौवाको नजिक पल्टिदा बसमा सवार यात्रीहरु मध्ये एघार जना यात्री घाइते भएका छन ।
घाइतेहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने केही घाइतेलाई नेशनल मेडिकल कलेजमा पुर्याइएको थियो ।
घाइते जं· बहादुर-नैनपुर, सुनिता देवी, बबन ठाकुर, कोसिला देवी, पुष्या देवी, लक्ष्मीना देवी, नजिमा खातुन, नाबीजानी खातुन, ध्रुव प्रसाद चौरसिया लगायतको घाइते भएका थियो । चालकको लापरवाहीको कारण बस दर्ुघटना भएको घाइतेका आफन्तहरुले बताए ।

Monday, October 11, 2010

बेबारिसे बम खेलाउँदा दर्ुइ बालिका र्घाईते

रौतहट/बेबारिसे बम खेलाउँदा आज साझँ रौतहटको अजगैवी गाउँ विकास समितिमा दर्ुइ जना बालिका र्घाईते भएकी छिन ।
घर नजिकै रहेको खेतमा धाँस काट्न गएको बेला बाटोमा बेबारिसे भेटिएको बमलाई खेलौना सम्झेर खेलाउँदा बिस्फोट भएर उनीहरु र्घाईते भएका हुन् ।
र्घाईते हुनेमा उक्त गाविस ६ का ९ वषिर्य विन्दु राउत र १२ वषिर्य रञ्जु कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै बालिकालाई बमको र्छरा लागेको बताईएको छ । र्घाईते बालिकाको गौर अस्पतालमा उपचार भईरहेको छ ।

५५ औ प्रहरी दिवश

प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम
रौतहट/जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित ५५ औ प्रहरी दिवश आइतवार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
प्रहरी दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराइले माओवादी द्धन्दकालमा धवस्त बनाईएकोर् इलाका प्रहरी कार्यालय गंगापिपराको भवन निमार्ण्र्ाार्न जग्गादान दिएका सात जनालाई सम्मान पत्र दिनुभयो भने जिल्ला भित्र प्रहरी सेवामा उत्कृष्ट काम गरे वापत दश जनालाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी सोही अवसरमा भएको बैडमिण्टन प्रतियोगितामा प्रथम र दुतिय हुनु भएकालाई नगद र प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भटर्राईले प्रहरी जनताको सेवक रहेकोले समाजमा शान्ति सुरक्षा कायम गराउनमा दिनरात खटिरहेको तथा उनीहरुको अहम भूमिको रहेकाले सबै जनताको साथ रहेमा मात्रै प्रहरीले सफलता पाउने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा प्रहरी उपरिक्षक पिताम्वर अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक हृदयनारायण मण्डल, नेपाली सेनाका सेनानी प्रकाश आचार्य, नेपाली काँग्रेक रौतहटका सभापती तथा सभासद कृष्णप्रसाद यादव लगायतका विभिन्न राजनितिक दलका प्रतिनिधिहरको उस्थिति रहेको थियो ।

गौरमा ५० लाखको चोरी

रौतहट/अज्ञात चोरहरुको एक समुहले गएराती रौतहटको गौर नगरपालिका स्थित एक घरबाट ५० लाख मुल्य बराबरको धनमाल चोरी गरेका छन् । घटनास्थलबाट प्रहरीले एक थान पेतोल समेत बरामद गरेको छ ।
घरमा कोही नभएको मौका छोपी चोरहरुले गौर नगरपालिका ८ स्थित मेवालाल साहको घरबाट उक्त मुल्य बराबरको धनमाल चोरी गरेका हुन् ।
दशैंको लागि घरका सम्पर्ूण्ा सदस्यहरु आफ्नो घर अकोलवा गाविस गएको मौका छोपी चोरहरुले गौरमा रहेको घरको मुल ढोका फोडेर चोरी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चोरहरु घरभित्र प्रवेश गरी दराज फोडेर नगद, गरगहना तथा लत्ताकपडा गरी उक्त मुल्य बराबरको धनमाल चोरी गरेको बताउादै प्रहरीले घटनास्थलबाट ब्रि्रेको एक थान पेस्तोल समेत बरामद गरेको जनाईएको छ । चोरहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

Sunday, October 10, 2010

पर्सर्ाा ५२ जना डंेगु बिरामी फेला

वीरगंज/२३/असोज
चितवनमा फैलिएको डेंगु ज्वरोको संक्रमण पर्सामा पनि देखिएको छ । पर्साको विरगंजस्थित अस्पतालमा भदौ १७ गतेयता उपचारका लागि आएका विरामीको रगत परिक्षण गर्दा ५२ जनामा डंेगु फेला परेको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालमा आएका २५ र एएमसी अस्पतालमा आएका २७ जनामा डंेगु देखिएको हो । भदौ दोश्रो सातादेखि नै डंेगुका विरामी भेटिए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले यसबारे औपचारिक जानकारी हालसम्म गराएको छैन । डंेगुका विरामी भेटिएको भन्ने जानकारीमा आए पनि यकिन छैन, जनस्वास्थ्य प्रमुख अरुण कुमार महतोले भने, हामी कर्मचारी खटाएर यसबारे जानकारी संकलन गर्दैछौ । कांगे्रस नगर नगर कार्य समितिका अध्यक्ष महम्मद सहाबुद्दिनले डेंगुका विरामी धमाधम देखिन थाले पनि सम्बद्ध निकायवाट नियन्त्रणका लागि गम्भीरता नदेखाइएको गुनासो गरे । जनस्वास्थ्य कार्यालयमाथि डंेगुको सूचना लुकाएर समस्या झन चर्काउन थालेको आरोप लागेको छ ।
जनस्वास्थ्य कार्यालयले महामारी रोग नियन्त्रण महाशाखावाट डंेगु पहिचान गर्ने किट ल्याएर नारायणी उपक्षेत्रिय अस्पतालमा उपलब्ध गराइएको जनाएको छ । वीरगंज डंेगुको उच्च जोखिम क्षेत्रमा पर्छ । प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले र्सतर्कता अपनाउन आफूले स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको तर डंेगुका विरामी बारे कुनै जानकारी नपाएको बताए । वीरगंज उपमहानगरपालिकाले वीरगंज उद्योग वाणिज्य संघको सहयोगमा शनिवार देखि नगरक्षेत्रमा लामखुट्टे मार्न डिजेलमा मालाथन टेक्निकल औषधी मिसाएर र्छर्ने कार्य शुरु गरेको छ ।

तेली कल्याण समाजको नगर अधिवेशन सम्पन्न हक अधिकारका लागि संगठित हुनु पर्छ ः वक्ताहरु

वीरगंज/२३/असोज
वीरगंज उद्योग वाणिज्य संघमा शनिवार तेली कल्याण समाज पर्साद्वारा आयोजित तेश्रो नगर अधिवेशनको उद्घाटन सत्रका वक्ताहरुले नेपालमा तेली समाजको भूमिका, महत्वको विषयमा प्रकाश पार्दै हक अधिकारका लागि संगठित हुनु पर्ने जरुरी छ, बताएका छन् ।
संगठित भएमा मात्रै हक अधिकार सुरक्षित हुने देखिएकोले संगठित हुनै पर्दछ, बताएका थिए । तेली कल्याण समाज पर्सर्ाा अध्यक्ष राजेश्वर साह तेलीको सभापतित्वमा, सचिव रामनारायण साहको संचालनमा भएको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र कुमार साह, रामचन्द्र साह, सभासद आत्माराम साह, हजारी साह, रामरुप राउत कर्ुर्मी, गोखुल राउत कुमीृ, राम कुमार, शत्रुधन उपाध्याय लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा २०६६ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण्र्ााएका छात्रा शोभा कुमार साह र छात्रहरु संजय प्रसाद साह, रवी कुमार साह, रन्जीत कुमार साह, सुरेन्द कुमार साह, सुनिल साह, निरज कुमार साह, मुकेश लाल साह र संजय साह तेलीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रमुख अतिथि शैलेन्द्र कुमार साह र सहायक प्रजिअ रामविलाश रायले पुरस्कार प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा विशेष योगदान पुर्याउनेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

भन्सार एरियाको अनियन्त्रित भिडबाट जनतालाई सास्ती ट्राफिक र प्रहरी दशैं मनाउन असुलीमा व्यस्त

वीरगंज/२३/असोज
नेपालको प्रमुख नाका प्रवेश द्वार, व्यापारी केन्द्र वीरगंजको भन्सार एरियामा अहिले ट्राफिक जाम अनियन्त्रित र र्सवसाधारण जनताहरु सास्ती भोग्न बाध्य भएका छन् । विजया दशमीको आगमन संगै मानिसहरु र विभिन्न किसिमको सवारीहरुको अनियन्त्रित भिडभाडले सवै सास्ती भोग्दै छन्, आफू पनि भोगेको छु, एक भुक्त भोगीले बताएका छन् ।
अनियन्त्रित भिडभाडबाट मानिसहरु कठिनाई भएको देखिएको छ तर यसको फाइदा त्यस एरियामा तैनाथ भएका ट्राफिक प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरीले उर्ठाईएको कुरा जसले पनि सजिलै संग हर्ेन सकिन्छ । ती भुक्त भोगी बताउछन् । भिडभाडमा अल्झेर दुःख पाउने गरेका स-साना विभिन्न व्यापारीहरुवाट तैनाथ प्रहरीहरुले दशैं खर्च स्वरुप नजराना असुलीमा व्यस्त देखिएका छन् । अनियन्त्रित भिडभाड नियन्त्रण गरी सवैलाई सहज र सुरक्षित ढंगवाट आउन जान दिन भरपर्दो व्यवस्था गर्नुको साट्टो प्रहरीहरु भिडभाडमा फाइदा उठाउनमा व्यस्त हुनु वडो विडम्वनापर्ूण्ा छ । कुन कामको लागि नेपाल सरकारले खटाएको छ, त्यसको वास्तै नगरी कठिनाईमा परेका जनतावाट दशैं खर्च स्वरुप नजराना असुली बडो विडम्वनापर्ूण्ा सचेत जनताहरुले बताएका छन् । व्यापारी वर्ग र र्सवसाधारण जनताहरु महान चाड दशैंको लागि चाहिने सामान किनमेल गर्न तथा अन्य आवश्यक कामका लागि सिमावर्ती क्षेत्रमा आउने जाने कार्यले त्रि्रता पाए पछि अहिले भन्सार क्षेत्रमा अनियन्त्रित ढंगले भिडभाड बढदै गएकोले प्रहरी प्शासनले असुलीको कामलाई छोडेर आवागमन सहज र सुरक्षित पार्ने काममा जुट्नु पर्ने जरुरी छ ।

लियो क्लव द्वारा दन्त शिविर

वीरगंज/२३/असोज
लियो क्लब अफ वीरगंज सेन्ट्रल सिटीले शनिवार वीरगंज स्थित माईस्थान विद्यापिठ मा.वि.मा सेप्टेम्वर,अक्टुवर ओरेल दन्त परिक्षण निःशुल्क शिविर संचालन गरेको छ ।
एम.वि. केडिया डेन्टल अस्पतालका राजकुमार सिंहले दन्त परिक्षण गर्नु भएको थियो । शिविरमा विवेचना डंगोल, उमंग अग्रवाल, संदीप सरावगी, लुस अग्रवाल, प्राणशु अग्रवाल, आयशा चौधरी, निशु चौधरी, अनामिका भट्टाचार्य, सपना क्याल र सुरवी अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।

बजामद्धारा टि.बी.रिच कार्यक्रम शुरु


वीरगंज/२३/असोज
बिश्व स्वास्थ्य संगठन (who) तथा फेमिली हेल्थर् इन्टरनेशनल (fhi) को सहयोगमा बिद्यार्थी जागरण मञ्च -बिजाम) र जिल्ला जनस्वास्थ्य कार्यालय पर्सर्ाा जिल्लामा टि.बी. रिच कार्यक्रम संचालन गर्ने जानकारी आज स्थानिय होटल भिस्वामा अभिमुखिकरण गोष्ठी मार्फ जानकारी गर्राईयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अरुण कुमार महतोको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत साबुद्धिन मिकरानीले स्वागत मन्तव्य सहित पर्सर्ााजल्लामा क्षयरोगीहरुको अवस्था बारे प्रष्ट पार्नुका साथै जिल्ला जनस्वास्थ्य कार्यालयले डट्स क्लिनिक मार्फ आर्थिक वर्ष२०६६/२०६७ मा ९१४ जना नयां क्षयरोगीहरुको उपचार गरिरहेको तथ्याङ्क बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बिजामका अध्यक्ष महेश आर्यालले पहिले रोग लागी सके पछि लक्षणको आधारमा टि.वी. परिक्षण गराउन स्वास्थ्य संस्थामा आउने परम्परा चल्दै आईरहेकोमा यो टी.वी.रिच कार्यक्रमले Active Case Finding प्रक्रियाबाट सम्भावित तथा जोखिममा रहेका लक्षित समूहको लक्षणको अध्यन गरि स्पटेम संकलन गरि परिक्षणमा पठाउने र परिक्षण नतिजा सकारात्मक भएको अवस्थामा बिरामीलाई नेपाल सरकार अर्न्तगतको डट्स क्लिनिकमा प्रेषण र फलोअप गर्ने अर्यालले जानकारी गराउनुका साथै वहांले अगस्ट २०११ सम्ममा २६९ जना विरामीहरु पहिचान गरिने लक्ष्य रहेको पनि उक्त कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
यसै गरि कार्यक्रममा पत्रकार महासंघका सभापति शत्रुधन नेपाल, रा.स.स. का व्युरो प्रमुख शितल प्रसाद महतोले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । उक्त कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी, पेशाकर्मी, संचारकर्मी तथा टि.बी.रिच कार्यक्रमसंग आबद्ध कर्मचारीहरु गरि ५६ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सरिता यादवले गर्नु भएको थियो ।

Friday, October 8, 2010

शान्तिसुरक्षा नभएपछि पर्सर्ाा लुटपाटको घटनामा वृद्धि


वीरगञ्ज/शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेपछि जिल्लामा चार्डपर्वको बेला चोरी तथा लुटपाटको घटनामा वृद्धि हुन थालेको छ ।
वीरग्ञ्ज उपमहानगरपालिका १३ आर्दशनगरमा बुधवार बिहान १६ लाखको चोरी भएको घटना सेलाउन नपाउँदै पर्सर्ाा अर्को लुटपाटको घटना र्सार्वजनिक भएको हो ।
पर्साको शिवबर्वा गाउँ विकास समितिमा लुटेराहरुको एक समुहले सहकारी संस्थामा कार्यरत एक कर्मचारीलाई कुटपिट गरि १५ हजार लुटेर लगेको पिडितले बताएका छन ।
त्रिमर्ुर्ती जन विकास बचत तथा ऋण सहकारी संस्था श्रीसियाका बचत संकलनकर्ता रमेश चोहानलाई बिहिवार साझ उक्त गाविसमा बचत संकलन गरीरहेको अवस्थामा सोहि गाविसका नरेस साह लगायतका चार जनाको समुहले कुटपिट गर्नुका साथै १५ हजार रकम लुटेर लगेको पिडित रमेश चौहानले जानकारी दिनुभयो ।

डेङ्गु रोगलाई नियन्त्रण गर्न वीरगञ्ज्ामा औषधि र्छर्ने


वीरगञ्ज/छिमेकी जिल्ला चितवनमा डेंगु रोगको संक्रमण फैलिएपछि सो रोगको प्रकोप पर्सा जिल्ल्ाामा पनि फैलन सक्ने संभावना रहेको हुदा बेलैमा रोग नियन्त्रण गर्ने सम्बन्धमा शुक्रवार वीरगञ्ज्ामा एक कार्यक्रमको आयोजना गरीयो ।
वीरगञ्ज्ा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश सिकारीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज्ा उपमहानगरपालीकाका बरिष्ठ अधिकृत शान्त बस्नेत जिल्ला जन स्वास्थ्य कार्यालय पर्सर्ाा प्रमुख लगायतका ब्यक्ती हरुको सहभागीता रहको थियो ।
कार्यक्रममा वीरगंज उपमहानगरपालिका क्षेत्र भित्र डेंगु रोगको संक्रमण हुनु पर्ूव नै यसको नियन्त्रण गर्ने तर्फविस्तृत छलफल भई डेंगु रोग नियन्त्रणका लागि आवश्यक पर्ने औषधि वीरगञ्ज्ा उद्योगबाणिज्य संघले उपलब्ध गराउने, वीरगञ्जउपमहानगरपालिका बाट औषधि र्छन प्रयोग हुने उपकरण र गाडीका साथै आवश्यक जनशक्ति उपलब्ध गराउने र जन स्वास्थ्य कार्यालयले रोग नियन्त्रणका लागि प्राविधिक सहयोग र प्रचार प्रसारका सामग्री वितरण गर्ने सहमति भएको र भोलीबाटै औषधि छरीने बताईएको छ ।

रौतहटमा पनि बडादशैंको रौनक छायो, आज पहिलो दिन निकै चहलपहल बढयो


विनोद अग्रवाल/रौतहट/
आसुरी शक्ति माथि दैविकशक्तिको विजयको रुपमा मनाईने विजयादशमीको पुजा धुमधामका साथ शुक्रवार देखि रौतहटमा पनि सुरु भएको छ । पौरानिक मान्यता अनुसार आउदो १० दिनसम्म विधिविधन पर्ूवक दर्ुगाभवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
वडादसैंको पहिलो दिन शुक्रवार अर्थात आश्विन शुक्ल प्रतिपदा तिथिका दिन बिहान श्रद्धालु भक्तजनहरु आ-आफ्ना घरको पूजाकोठामा विधिपर्ूवक दियो, कलशमा पंच पल्लव, गणेश र दर्ुगा भवानीको पूजा अर्चना गरी माटो वा अन्य कुनै तामाको घडालाई कलशको रुपमा राख्दै जौंको विउ छरेर जमरा खसाले पछि दर्ुगाभवानी प्रशन्न भई घरमा आउने गरेको मान्यता अनुरुप घटस्थापना गरिने चलन रहेको छ ।
शुक्रवार बिहान ६ बजे देखि ९ बजेे तथा १२ बजे पछि जमरा खसालेर घटस्थापना गरिएको दर्ुगा मन्दीर मत्सरीका आचार्य बशिष्टनारायण झाले बताए । यसैगरी विजयादशमीका दिन बिहान नौ दिने पुजाको विर्सजन गर्दै भगवतलाई जमरा चढाउने प्रथा रहेको बताउदै विजयादशमीका दिन विहान ७ बजे देखि १०ः४३ बजे भित्र जमरा काटेर टीका लगाउनका लागि शुभ साइत रहेेको समेत उहाँले भने ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा दर्ुगा भवानीबाट फल प्राप्त हुने अवसर पाउने गर्दा पहँेलो जमरा नै बढि प्रयोग हुने गरेको छ । स्थानीय श्रद्धालु भक्तजनहरु आ- आफना घरमा जमरा उमार्न शुद्ध माटोको प्रयोग गर्ने गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई रंगरोगन गरी सिङ्कारेर सफासुग्घर गर्ने गरेको पाइएको छ ।
असत्यमाथि सत्य तथा आसूरी शक्ति माथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वमा श्रद्धालु भक्तजनहरुले नवरात्रिको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ र जमरा हालेको स्थानमा बसेर प्रत्येक दिन पूजाअर्चनासहित दर्ुगा सप्तशती स्तोत्र पाठ गर्ने गरिन्छ । वडादसैँको छैठो दिन बेलपातीका दिन धार्मिक परम्पराअनुसार बेल निमन्त्रण गर्ने गरिएको तथा सातौं फूलपाती दिन निमन्त्रण गरेको बेल भित्रयाउने गरेको सो मन्दीरका पर्ूव संयोजक रुद्रनारायण झाले बताए । महाअष्टमी परेको राति निशा पुजा गरिने तथा महानवमीका दिन शक्ति पिठहरुमा बलिसहित विशेष पूजा गरिने गरेको झाले जानकारी दिए ।
रक्त विशेषगरी शक्तिस्वरूपा दर्ुगा भवानीको नौंरुप शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड नवदर्ुगा पूजाका नामले पनि प्रसिद्ध छ । परम्पराअनुसार रौतहट जिल्लाको प्रख्यात दर्ुगा मन्दिर मत्सरी, गौर, गरुडा, कटहरिया लगायतका विभिन्न स्थानहरुमा वैदिक विधिपर्ूवक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदर्ुगाको पुजा गर्ने गरिएको गंगापिपरा स्थित दर्ुगा मन्दिरका संरक्षक छोटन सिहले बताए ।

फोरम नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम हक अधिकारको लागि पुनः आन्दोलनको खांचो छ ः अध्यक्ष यादव

वीरगंज/२१/असोज
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हक अधिकारको पुन एक पटक शान्तिपर्ूण्ा सशस्त्र आन्दोलन आवश्यकता रहेको बताउनु भएको छ । मधेशी जनताको हक अधिकार सम्बन्धी मुद्दाहरुलाई प्रमुख राजीतिक दलहरुले ओझेलमा पार्न खोजेकाले मधेशी जनता एक पटक फेरि आन्दोलन गर्नुको विकल्प नरहेकोले त्यसको लागि तयार रहनु पर्दछ , बताउनु भयो । २०६७ सालको हिन्दूहरुको महान पर्व वडा दशै र मुस्लिमहरुको पर्वर् इदको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले वताउनु भएको थियो ।
होटल सम्झनामा आयोजित कार्यक्रममा उहांले देशो समसामयिक राजनीतिक बस्तु स्थिति र आफ्नो पार्टर्ीी खेल्नु पर्ने भूमिकाको बारेमा प्रष्ट पार्दै उहांले अहिले नागरिकताको आधारमा भइरहेको फोटो सहितको मतदाता नामावली प्रति विरोध जनाउनु भएको थियो । यस्तो प्रकृयाबाट हुने गरेको नामावली संकलनले मधेशी जनताको भोट कटिने देखिएको छ, अहिले सम्म धेरै मधेशी जनताले नागरिकता पाउन सकेका छैनन्, त्यसैले मधेशी सवालमा यस्तो प्रकृया प्रति घोर विरोध छ, भन्नु भयो ।
मधेशी जनधिकार फोरम नेपाल पर्सर्ाा अध्यक्ष शशि कपुर मियाको सभापतित्वमा मुस्लिम फोरम प्रवक्ता अयुव अंसारीका संचालनमा भएको सो कार्यक्रममा पार्टर्ीी केन्द्रिय सदस्यहरु लालबाबु राउत गद्दी, रेखा यादव, सभासद आत्माराम साह, मुस्लिम फोरमका जिल्ला अध्यक्ष नेहाल खान लगायतको विशेष उपस्थिति रहेको थियो । त्यस अवसरमा विभिन्न राजनीतिक पार्टर्ीी परित्याग गरेर सयौं कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका थिए ।

शिक्षक अपहरण गर्ने चिकित्सक प्रहरी नियन्त्रणमा

सुजित झा/जनकपुर  
शिक्षकलाई अपहरण गर्न खोज्ने एक युवकलाई बिहिवार प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।
खरिहानी स्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक गंगाप्रसाद साहलाई अपहरण गर्न खोज्ने २५ वषिर्य रामउद्धार राय अमातलाई प्रहरीले पक्राउ गरेको हो
संतोषर गाउं विकास समिति १ कुस्माहा टोलका अमातले शिक्षक साहले आफूलाई सशस्त्र समुहको कार्यकर्ता भएको उल्लेख गर्दे पटक पटक फोन गरी चन्दा मागेको बताउनुभयो । उनी पेसाले स्वास्थ्य सहायक समेत रहेका छन् ।
चन्दा दिन नमानेपछि उनी कार्यरत विद्यालयमा आएर अपहरणको प्रयास गरेको भएपनि गाउंलेहरुको प्रतिकारका कारण जोगिएको शिक्षक साहले बाईपासलाई जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेश अमात्यले शिक्षक साहलाई अपहरण गर्ने असफल प्रयास गरेका रामउद्धार राय पक्राउ परेको जानकारी दिनुभयो
अपहरणको प्रयासमा संलग्न रहेका मखनाहा ९ का रामजीवन राय, शंकर साह तथा सतोषर २ का अतिसकुमार राय फरार रहेको बताउनुभयो । पक्राउ परेका माथि अपहरण तथा शरीर बन्धक मुद्धा चलाईएको समेत उंहाले बताउनुभयो ।

राष्ट्र बैंकले चाहिएको जति भारतीय रुपैया उपलब्ध नगराउंदा मनि चेन्जर व्यवसायी र र्सवसाधारण मर्कामा

वीरगंज/२१/असोज
नेपाल राष्ट्र बैंकले चाहिएो जति भारतीय रुपैया उपलब्ध नगराउंदा वारा र पर्सर्ाा मिन चेन्जर व्यवसायिहरु ज्यादै मर्कामा परेका हुन ।
त्यसको प्रभाववाट व्यवारि वर्ग र र्सवसाधारण जनताहरु ज्यादै चिन्तित देखिएका छन् । पहिले देखि नै कम उपलब्ध गराउदै आएको भारतीय रुपैया अहिले चाड पर्वको बेलामा अझै धेरै कम गरि दिएका कारण मनि चेन्जर व्यवसायिहरु मर्कामा परेकै छन् र त्यसको प्रत्यक्ष प्रभाववाट व्यापारी वर्ग र र्सवसाधारण जनताहरु ज्यादै चिन्तित देखिएको कुरा एक मनि चेन्जर व्यवसायिले बाईपासलाई बताएका छन् ।
वारामा ४ र पर्सर्ाा २२ वटा मनि चेन्जरहरु क्रियाशिल रहेका छन् । नेपाल राष्ट्र बैंकले पहिले देखि २ लाख र १ लाख दिदै आएकाहरुलाई ५० हजार, रु. ७५ हजार, दिदै आएकालाई ३५ हजार , रु. ५० हजार दिदै आएकालाई ३० हजार र ३५ हजार दिदै आएकालाई २५ हजार दिने गरेकोले त्यति थोरै पैसावाट व्यवसाय संचालन गर्न सकिदैन भन्दै व्यवसायि चिन्तित देखिएका छन् । राष्ट्र बैंकले कम्तिमा एउटा मानि चेन्जरलाई ४ लाख सम्म भारतीय रुपैया उपलब्ध गराउनु पर्दछ, एक मनि चेन्जर व्यवसायिले बताए ।

काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार छैन, राष्ट्रपतिमार्फ सरकार गठनर् गे विरोधको चेतावनी ः प्रकाश

मनोज ढोडरी/हेटौंडा/२१/असोज
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले अहिलेको काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ मकवानपुरले बिहिवार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाशले उक्त कुरा बताउनु भएको हो ।
नेता प्रकाशले कामचलाउ सरकारको नैतिकता भए मन्त्रालय समेत जान नहुने बेलामा बजेट ल्याउन खोज्नु नकारात्मक संकेत भएको र यसका लागि सदनमा एकिकिृत माओवादीले विरोध गर्ने समेत बताउनु भयो । राष्ट्रपतिमार्फ नंया सरकार गठन गर्ने षड्यन्त्रमा दलहरु लागेको बताउदै एकिकृत माओवादी यसको विरुद्धमा उत्रिने चेतावनीसमेत दिनुभयो
काम चलाउ सरकारलाई लम्ब्याएर देशमा राष्ट्रपतिय शासन लागु गर्ने षड्यन्त्र भईरहेको आरोपसमेत लगाउंदै हुंदै उंहाले काम चलाउ सरकार लम्व्याउने, यही सरकारले बजेट ल्याउने, व्यवस्थिापिका संसद र संविधानसभालाई कामविहिन देखाउने र राष्ट्रपतिय शासन लागु गर्नेतर्फदलहरु लागि परेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले माओवादीलाई जनताले ठूलो पार्टर्ीीनाएपछि नेपाली कांग्रेस र नेकपा एमालेकै कारण सहमतिय राजनीति तोडिएको जिकिर गर्नुहुंदै उंहाले काम चलाउ सरकारले बजेट ल्याउनु भन्दा नयां सरकार बनाएर बजेट ल्याउनु राम्रो विकल्प भएको बताउदै काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको जिकिर गर्नुभयो । उहाले राजनैतिक संकटले आर्थिक समस्या ल्याएको हुनाले राजनैतिक संकटको अन्त्य गरी बजेट ल्याउनु पर्ने बताउनुभयो ।
यस्ता कामचलाउ सरकारलाई बढावा दिनको लागि केहि देशी विदेशी शक्तिहरु ल्ागि परेको संवेदनशिल अवस्थामा संविधान सभाको प्राप्त उपलब्धहरुलाई विस्तारै विस्तारै खोस्दै लगेर लोकतन्त्रको उपहास गर्दै राष्ट्रपतिबाट सरकार घोषणा गराउन प्रतिक्रियावादीहरु ल्ागि परेको समेत बताउनु भयो । अहिलेको अवस्थामा कांग्रेसले उमेद्वारी फिर्ता लिने र राष्ट्रीय सहमति गर्ने वाहेकको सकारात्मक विकल्प नरहेको हुदा अहिले नै संविधानको डूाफ्ट बन्नु गलत भएको र त्यसलाई आफ्नो पार्टर्ीी स्विकार्य नगर्ने स्पष्ट पार्नुभयो
सम्पर्ुण्ा कुरालाई छाडेर जनआन्दनेलनको एकरुप प्रतिवद्धता, विदशी हस्तक्षेप अस्विकार गर्दै आत्मनिर्ण्र्ााो अधिकार सुनिश्चितता र राष्ट्रीय सहमतिको प्रणाली मुख्य तिन कुराको अपिलमा आउनुपर्नेमा जोड दिनुभयो यदि यसो भएन भने राष्ट्रीयता खतरामा पर्ने, प्रतिक्रान्ति हुने र नेपाल असफल राज्य हुने दर्दनाक अवस्था आउनेमा ठोकुवा गर्नुभयो ।
यसैबिच एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले परेली समूह बसामाडी वस्तिपुरले आयोजना गरेको शहिद स्मृति राष्ट्रीय भलिवल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
विभिन्न क्षेत्रका ८ टिम सहभागि रहेको प्रतियोगिताको सफलताको कामना गर्दै प्रमुख अतिथि प्रकाशले शहिदहरुको सम्मानमा आयोजना गरिएका यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास संगै लुकेर रहेका प्रतिभाको खोजी हुने भएकोले सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।
परेली समुहका उपाध्यक्ष राजकुमार भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादीका विजय, एमालेका हरीवहादुर महत, नेपाली कांगे्रसका विष्णु दाहाल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुण राज सुमार्गी, पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय प्रताप विष्ट र शितल साह, खेलकुद पत्रकार मञ्चका केन्द्रीय कोषाध्यक्ष हेमन्तराज काफ्ले, प्रहरी मकवानपुरका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठ, खुसराज दाहाल, अजय बर्तौला, बसन्त कुमार सिटौला लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्धितीयले २० हजार र ट्रफी प्राप्त गर्ने छन् । यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार र उदयमान खेलाडीले ३ हजार नगद पाउने कार्यक्रम संयोजक राजकुमार भेटवालले जानकारी दिनुभयो ।


Wednesday, October 6, 2010

एनआइसी बैंकको गौरमा २८ औं शाखाको रुपमा कारोवार सुरु

रौतहट/स्थानीय व्यापारी तथा र्सवसाधारणको माग बढदै गएपछि रौतहटको गौरमा एनआइसी बैंकले २८ औं शाखाको रुपमा बुधवार देखि कारोवार सुरु गरेका छन् । निजी क्षेत्रमा स्थापना हुने एनआइसी तेश्रो बंैक रहेको छ ।
एनआइसी बैंकले निक्षेपमा ३ देखि ७ प्रतिशत, कर्पोरेटमा ६.५ प्रतिशत, मुद्दतीमा अधिकतम ११ प्रतिशत व्याज दिने कुरा शाखा प्रबन्धक शिवनाथ साहले जानकारी दिए । यस बैंकले निशुल्क रुपमा एबीबीएस र एटिएम सुविधाको पनि व्यवस्था गरेको बताए ।
२८ औं शाखाको रुपमा स्थापना भएको एनआइसी बैंकबाट स्थानीय व्यापारी, र्सवसाधारण तथा कर्मचारीहरु लाभान्बित हुने बताउदै शाखा प्रबन्धक साहले ग्राहकहरुलाई सके सम्म यसले सजिलो र सरल रुपमा बैंकिङ्क कारोवार गर्न सुविधा पुगेको विश्वास व्यक्त गरे ।
यस अघि गौरमा ग बर्गको विरगंज फाइनान्स र एटिएम सहितको क बर्गका सनराइज बैक स्थापना भइ कारोबार संचालन गर्दै आएको छ । स्थानीय राजेश मेडिशिनका संचालक सचिन खण्डेवालले गत सात महिना अघि सम्म सरकारी बैकबाट कारोवारहरु गर्नु पर्दा निकै ढिलो तथा चाहेको समयमा कारोवार गर्न अप्ठयारो पर्ने गरेको बताए ।
गौरमा रहेको नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकले सरकारी कारोवार गर्न भ्याइ नसकेको अवस्थामा व्यापारीहरुले कारोवार गर्न झन्झट भइरहेका थिए तर निजी क्षेत्रका ख्याती पाएका बैंकहरु गौरमा आउन थाल्दा धेरै राम्रो भएको उहाँले बताए । जति धेरै बैकहरु आएमा ग्राहकहरु लाभान्वित हुने जिकीर गर्दै व्यापारी खण्डेलबालले निजी बैकहरुले गर्दा सरकारी बैंकहरुमा रहेको चाप घटेको छ प्राय व्यक्तिहरु निजी बैंक तर्फआकषिर्त भएको उनले भने ।
रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष देवप्रयाग गुप्ताले एनआइसी बैक स्थापना भएकोमा खुशी व्यक्त गर्दै राम्रो रुपमा ग्राहकलाई सेवा प्रदान गर्न सुझाव दिदै स्वागत गरे । निजी क्षेत्रका बैंकहरु स्थापना हुनु साह्रै नै राम्रो काम भएको ठहर गर्दै आउदो एक बर्षभित्र अन्य बैंकहरु पनि आउने विश्वास व्यक्त गरे ।

अज्ञात समुहद्धारा बारामा एकको हत्या

बारा/अज्ञात समुहले मंगलवार राति बाराको बगही गाउँ विकास समितिमा एक र्सवसाधारणको हत्या गरेका छन् ।
उक्त गाविस २ का सोनालाल यादवकोलाई ति समुहले धाँटी तथा दाहिने कन्चटमा धारिलो हतियारले काटी बगहीगोठ गाविसमा हत्या गरेर फालेका हुन् ।
सोनालालको शव बगही-२ कै रामऔतार यादवको खेतमा बिहान गाउँलेले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । तर्राईका जिल्लामा हत्यापछि त्यसको जिम्मा लिने होडबाजी चल्ने गरेको पाइए पनि अहिलेसम्म यादवको हत्याको जिम्मा कसैले लिएको छैन ।
हत्या किन र कस्ले गरेका हुन भन्ने बारे अनुसंधान भईरहेको समेत प्रहरीले जनाएको छ ।

मकवानपुरमा महिला र बालीकाको शव फेला

हेटौडा/मकवानपुर जिल्लाको दर्ुइ छुट्टाछुट्टै स्थानमा महिला र बालिकाको गरी दर्ुइ वटा शव भेटिएका छन् ।
मकवानपुरको निबुवाटार गाबिस वडा नम्बर -१ पान्द्राङस्थित पान्द्राङ खोलामा एक बालिकाको शव भेटिएको छ । स्थानीय देवेन्द्र लामाकी ५ बषिर्या छोरी इशाको शव पान्द्राङ खोलामा भेटिएको हो ।
हिजो साँझ खोलामा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, पश्चिमी मकवानपुरको खैराङ गाबिस वडा नम्बर -१ आँखीटारमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
खैराङस्थित जंगलमा ४२ बषिर्या एक तर्राई मुलकी महिलाको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गाउँलेले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालीकाको शव पोष्र्टमाटमको लागी जिल्ल्ाा अस्पताल हेटौडामा ल्याईएको प्रहरीले जनाएको छ ।

सदभावनाले आयोगको पुतला जलाए

रौतहट/नेपाल सदभावना पार्टर्ीी रौतहट सदरमुकाम गौरमा निर्वाचन आयोग विरुद्ध बुधवार दिउसो पुतला जलाएका छन् ।

पार्टर्ीी कार्यवाहक अध्यक्ष विकासकुमार तिवारीको नेतृत्वमा रहेका कार्यकर्ताहरुले गौर नगर परिक्रमा गरी निर्वाचन आयोगको पुतला जलाएका हुन् । मधेशको सदरमुकाम स्थित नगरपालिकाहरुमा मतदाता परिचय पत्रका लागि चलाइएको अभियान मधेशी जनता संग धोखा भइरहेको आरोप लगाएका छन् ।

मधेशी जनताहरु नागरिकता पाउनबाट बञ्चित रहेको अवसरको फायदा उठाउदै निर्वाचन आयोगले मतदाता परिचय पत्र बनाउने अभियान सुरु गरेको त्यसमा पनि नागरिकता भएको व्यक्तिले मात्र मतदाता परिचय पत्र बनाउन सक्ने प्राबधानको विरोधमा सदभावना पार्टर्ीींर्घष्ामा उत्रेका बताए ।

मतदाता परिचय पत्र अभियान चलाएर निर्वाचान आयोगले मधेशी जनताको अधिकारलाई कुण्ठित गर्ने दुष्प्रयास गरेको आरोप लगाउदै कार्यवाहक अध्यक्ष तिवारीले उक्त कार्य तत्कालै बन्द नगरिए आफनो अधिकारका लागि मधेशी जनता सडकमा उत्रने चेतावनी समेत दिए ।
यसैगरी जनपद प्रहरीले पनि चार वटा चोरीका विभिन्न ब्राण्डका जिपहरु नियन्त्रणमा लिएर भन्सार बुझाएको जानकारी दिदै गौर भन्सार कार्यालयका प्रमुख अधिकृत लक्ष्मणसिह श्रेष्ठले बरामद गरिएको १४ वटा जिपको आवश्यक कारवाहीका लागि प्रक्रियाहरु अघि बढाइसकेको बताए ।