Tuesday, October 12, 2010

एमाले र माओवादी हठका कारण मुलुक संकटमा ःमन्त्री आलम

रौतहट/२६/असोज
श्रम तथा यातायात मन्त्री मोहम्मद आफताब आलमले एमाले र माओवादकिो हठका कारण मुलुक संकटमा परेको आरोप लगाउनु भएको छ ।
नेपाली कांग्रेस रौतहटद्वारा मंगलवार गौरमा आयोजित बडा दशैको शुभकामना आदनप्रदान कार्यक्रम पश्चात संचारकर्मीहरु संग कुरा गर्दै मन्त्री आलमले उक्त आरोप लगाउनु भएको हो ।
एमालेका अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दहालको कर्ुर्सर्ीी जाने हठबादी राजनितिको कारण मुलुक अनिर्ण्र्ााो बन्दी बन्दै गम्भिर संकटमा परेको बताउनुभयो । नेपाली कांग्रेस सहमती र समझदारी कायम गरी जनताको संविधान बनाउने पक्षमा संर्घष्ा गरिरहदा पनि उनीहरुको हठका कारण मुलुकको अवस्था दयनिय हुदै गएको उहांले चर्चा गर्नुभयो ।
कांग्रेस लोकतान्त्रिक संविधान बनाउने पक्षमा रहेको जिकिर गर्नुहुंदै केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री आलमले लोकतन्त्र गुम्न नदिन नेपाली काग्रेसले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदबार बनाएकोले उहांको उम्मेवारी कुनै हालतमा फिर्ता नहुने विचार व्यक्त गर्नुभयो ।
प्रमुख तिन दल विच तिन बुंदे सहमती भएर नै संविधान सभाको म्याद थप भए अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा गरिसक्दा पनि माओवादीले उक्त र्सतहरु पालना नगरेको आरोप लगाउंदै मन्त्री आलमले विकास निर्माणको कार्यहरु अगाडी बढाउन तथा कर्मचारीहरुलाई तलव खुवानका लागि दशै पछि पर्ूण्ा बजेट ल्याउने तयारी भइरहेको खुलासा गर्नुभयो ।
माओवादीहरु संविधान बनाउने पक्षमा नरहेको चर्चा गर्दै मन्त्री आलमले माओवादीको उक्त षड्यन्त्रलाई नेपाली कांग्रेसले कहिल्यै पुरा हुन नदिन जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो । एक प्रश्नको जवाफमा मन्त्री आलमले कांग्रेसको १२ औं महाधिवेशनबाट फुटेर होइन मिलेर अगाडी बढ्ने म्यान्डेड दिएकोले राष्ट्र निर्माण र लोकतान्त्रिक संविधान बनाउन कांग्रेस तयार रहेको भन्नुभयो ।
सो कार्यक्रममा स्वतन्त्र सभासद बबन सिह, नेपाली कांग्रेस रौतहटका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment