Sunday, October 10, 2010

तेली कल्याण समाजको नगर अधिवेशन सम्पन्न हक अधिकारका लागि संगठित हुनु पर्छ ः वक्ताहरु

वीरगंज/२३/असोज
वीरगंज उद्योग वाणिज्य संघमा शनिवार तेली कल्याण समाज पर्साद्वारा आयोजित तेश्रो नगर अधिवेशनको उद्घाटन सत्रका वक्ताहरुले नेपालमा तेली समाजको भूमिका, महत्वको विषयमा प्रकाश पार्दै हक अधिकारका लागि संगठित हुनु पर्ने जरुरी छ, बताएका छन् ।
संगठित भएमा मात्रै हक अधिकार सुरक्षित हुने देखिएकोले संगठित हुनै पर्दछ, बताएका थिए । तेली कल्याण समाज पर्सर्ाा अध्यक्ष राजेश्वर साह तेलीको सभापतित्वमा, सचिव रामनारायण साहको संचालनमा भएको उद्घाटन सत्रको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष शैलेन्द्र कुमार साह, रामचन्द्र साह, सभासद आत्माराम साह, हजारी साह, रामरुप राउत कर्ुर्मी, गोखुल राउत कुमीृ, राम कुमार, शत्रुधन उपाध्याय लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा २०६६ सालको एस.एल.सी. परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण्र्ााएका छात्रा शोभा कुमार साह र छात्रहरु संजय प्रसाद साह, रवी कुमार साह, रन्जीत कुमार साह, सुरेन्द कुमार साह, सुनिल साह, निरज कुमार साह, मुकेश लाल साह र संजय साह तेलीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रमुख अतिथि शैलेन्द्र कुमार साह र सहायक प्रजिअ रामविलाश रायले पुरस्कार प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा विशेष योगदान पुर्याउनेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

No comments:

Post a Comment