Friday, October 8, 2010

शिक्षक अपहरण गर्ने चिकित्सक प्रहरी नियन्त्रणमा

सुजित झा/जनकपुर  
शिक्षकलाई अपहरण गर्न खोज्ने एक युवकलाई बिहिवार प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।
खरिहानी स्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक गंगाप्रसाद साहलाई अपहरण गर्न खोज्ने २५ वषिर्य रामउद्धार राय अमातलाई प्रहरीले पक्राउ गरेको हो
संतोषर गाउं विकास समिति १ कुस्माहा टोलका अमातले शिक्षक साहले आफूलाई सशस्त्र समुहको कार्यकर्ता भएको उल्लेख गर्दे पटक पटक फोन गरी चन्दा मागेको बताउनुभयो । उनी पेसाले स्वास्थ्य सहायक समेत रहेका छन् ।
चन्दा दिन नमानेपछि उनी कार्यरत विद्यालयमा आएर अपहरणको प्रयास गरेको भएपनि गाउंलेहरुको प्रतिकारका कारण जोगिएको शिक्षक साहले बाईपासलाई जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेश अमात्यले शिक्षक साहलाई अपहरण गर्ने असफल प्रयास गरेका रामउद्धार राय पक्राउ परेको जानकारी दिनुभयो
अपहरणको प्रयासमा संलग्न रहेका मखनाहा ९ का रामजीवन राय, शंकर साह तथा सतोषर २ का अतिसकुमार राय फरार रहेको बताउनुभयो । पक्राउ परेका माथि अपहरण तथा शरीर बन्धक मुद्धा चलाईएको समेत उंहाले बताउनुभयो ।

No comments:

Post a Comment