Friday, October 8, 2010

रौतहटमा पनि बडादशैंको रौनक छायो, आज पहिलो दिन निकै चहलपहल बढयो


विनोद अग्रवाल/रौतहट/
आसुरी शक्ति माथि दैविकशक्तिको विजयको रुपमा मनाईने विजयादशमीको पुजा धुमधामका साथ शुक्रवार देखि रौतहटमा पनि सुरु भएको छ । पौरानिक मान्यता अनुसार आउदो १० दिनसम्म विधिविधन पर्ूवक दर्ुगाभवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
वडादसैंको पहिलो दिन शुक्रवार अर्थात आश्विन शुक्ल प्रतिपदा तिथिका दिन बिहान श्रद्धालु भक्तजनहरु आ-आफ्ना घरको पूजाकोठामा विधिपर्ूवक दियो, कलशमा पंच पल्लव, गणेश र दर्ुगा भवानीको पूजा अर्चना गरी माटो वा अन्य कुनै तामाको घडालाई कलशको रुपमा राख्दै जौंको विउ छरेर जमरा खसाले पछि दर्ुगाभवानी प्रशन्न भई घरमा आउने गरेको मान्यता अनुरुप घटस्थापना गरिने चलन रहेको छ ।
शुक्रवार बिहान ६ बजे देखि ९ बजेे तथा १२ बजे पछि जमरा खसालेर घटस्थापना गरिएको दर्ुगा मन्दीर मत्सरीका आचार्य बशिष्टनारायण झाले बताए । यसैगरी विजयादशमीका दिन बिहान नौ दिने पुजाको विर्सजन गर्दै भगवतलाई जमरा चढाउने प्रथा रहेको बताउदै विजयादशमीका दिन विहान ७ बजे देखि १०ः४३ बजे भित्र जमरा काटेर टीका लगाउनका लागि शुभ साइत रहेेको समेत उहाँले भने ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा दर्ुगा भवानीबाट फल प्राप्त हुने अवसर पाउने गर्दा पहँेलो जमरा नै बढि प्रयोग हुने गरेको छ । स्थानीय श्रद्धालु भक्तजनहरु आ- आफना घरमा जमरा उमार्न शुद्ध माटोको प्रयोग गर्ने गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई रंगरोगन गरी सिङ्कारेर सफासुग्घर गर्ने गरेको पाइएको छ ।
असत्यमाथि सत्य तथा आसूरी शक्ति माथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वमा श्रद्धालु भक्तजनहरुले नवरात्रिको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ र जमरा हालेको स्थानमा बसेर प्रत्येक दिन पूजाअर्चनासहित दर्ुगा सप्तशती स्तोत्र पाठ गर्ने गरिन्छ । वडादसैँको छैठो दिन बेलपातीका दिन धार्मिक परम्पराअनुसार बेल निमन्त्रण गर्ने गरिएको तथा सातौं फूलपाती दिन निमन्त्रण गरेको बेल भित्रयाउने गरेको सो मन्दीरका पर्ूव संयोजक रुद्रनारायण झाले बताए । महाअष्टमी परेको राति निशा पुजा गरिने तथा महानवमीका दिन शक्ति पिठहरुमा बलिसहित विशेष पूजा गरिने गरेको झाले जानकारी दिए ।
रक्त विशेषगरी शक्तिस्वरूपा दर्ुगा भवानीको नौंरुप शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड नवदर्ुगा पूजाका नामले पनि प्रसिद्ध छ । परम्पराअनुसार रौतहट जिल्लाको प्रख्यात दर्ुगा मन्दिर मत्सरी, गौर, गरुडा, कटहरिया लगायतका विभिन्न स्थानहरुमा वैदिक विधिपर्ूवक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदर्ुगाको पुजा गर्ने गरिएको गंगापिपरा स्थित दर्ुगा मन्दिरका संरक्षक छोटन सिहले बताए ।

No comments:

Post a Comment