Thursday, March 21, 2013

‘मिस नेपाल’ को उपाधी २१ बर्षीया इशानी श्रेष्ठलाई

यो बर्षको ‘मिस नेपाल’ को उपाधी काठमाण्डौ निवासी २१ बर्षीया  इशानी श्रेष्ठले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले सन् २०१३ को ‘मिस नेपाल’ को उपाधी जितेकी हुन् । उनलाई ‘मिस नेपाल’ २०१२ को विजेता श्रृष्टि श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् ।‘मिस नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् । प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या संयुक्त र किन’ भन्ने प्रश्नमा संयुक्त परिवार भन्ने जवाफ दिएर उनले ‘मिस नेपाल’ को ताज जितेकी हुन् ।
यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक च्वाइसको उपाधी अश्मिता सिटौलाले जितेका छन् ।‘द हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।
यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलभ निर्णायकको रुपमा रहेका थिए ।
पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।

सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ

sanjay dutt 
८ चैत, काठमाण्डौ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ सुनाइएको छ । सन्  १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सजायँ सुनाएको हो ।
सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ  । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सञ्जय  दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ ।
सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन ।  हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।