‘मिस
नेपाल’ को उपाधीसँगै उनले नगद ५० हजार पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर
जितेकी छिन् । उनी यसबैर्ष आयोजना हुने ‘मिस वल्र्ड’ मा सहभागी हुनेछिन् ।
प्रमुख निर्णायक तिर्थमान शाक्यले सोधेको ‘तपाइ एकल परिवार रुचाउनुहुन्छ या
संयुक्त र किन’ भन्ने प्रश्नमा संयुक्त परिवार भन्ने जवाफ दिएर उनले ‘मिस
नेपाल’ को ताज जितेकी हुन् ।यस्तै यो बर्षको ‘मिस नेपाल अर्थ’ को उपाधी रोजिशा शाही ले जितेकी छिन् । उनलाई गत बर्षको ‘मिस नेपाल अर्थ’ को विजेता नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । उनले उपाधीसँगै ३५ हजार नगद पुरस्कार र विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् । उनी यसैबर्ष आयोजना हुने ‘मिस अर्थ’ मा सहभागी हुनेछिन् ।
यो बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधी काठमाण्डौकी श्रृतिमा शाह को
पोल्टमा गएको छ । उनलाई गत बर्षको ‘मिस नेपाल इन्टरनेशनल’ को विजेता
शुभेच्छा खड्काले क्राउन लगाइदिएकी थिइन् । नगद २५ हजार सहित उनी ‘मिस
इन्टरनेशनल’ मा सहभागी हुन पाउँनेछिन् । यस्तै मिस व्युटिफुल स्माइलको
उपाधी रिचु श्रेष्ठ, मिस ट्यालेन्टको उपाधी सिपोरा गुरुङ, मिस पब्लिक
च्वाइसको उपाधी अश्मिता सिटौलाले जितेका छन् ।‘द
हिडन ट्रेजर’ ले आयोजना गरेको मिस नेपालको यो १९ औ संकरण हो । कार्यक्रममा
बोल्दै मिस नेपाल २०१२ को विजेता श्रृष्टि श्रेष्ठले यो ब्यूटी
प्याजेन्टमा भाग लिएर आफुले धेरै कुरा सिकेको बताइन् । उनले साथ र सहयोग
पाएकोमा सबैलाई धन्यबाद पनि दिइन् ।यो बर्षको मिस नेपालमा मालती शाह, मलिना जोशी, बलबहादुर कुँबर, सरोसी शेरचन, सलमान रतिफ, रिमा विश्वकर्मा, चारु मनहोत्रा, राजेन्द्र शलभ, अनुपबहादुर मगर, राजेन्द्र शलभ निर्णायकको रुपमा रहेका थिए ।
पहिलो चरणमा १८ जना प्रतिस्पर्धीबाट उनीहरुको परिचय, प्रिजजिङको आधारमा उत्कृष्ट १० को छनोट गरिएको थियो । उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारका अन्तिम ५ छनोट गरिएको थियो ।
