Friday, October 8, 2010

राष्ट्र बैंकले चाहिएको जति भारतीय रुपैया उपलब्ध नगराउंदा मनि चेन्जर व्यवसायी र र्सवसाधारण मर्कामा

वीरगंज/२१/असोज
नेपाल राष्ट्र बैंकले चाहिएो जति भारतीय रुपैया उपलब्ध नगराउंदा वारा र पर्सर्ाा मिन चेन्जर व्यवसायिहरु ज्यादै मर्कामा परेका हुन ।
त्यसको प्रभाववाट व्यवारि वर्ग र र्सवसाधारण जनताहरु ज्यादै चिन्तित देखिएका छन् । पहिले देखि नै कम उपलब्ध गराउदै आएको भारतीय रुपैया अहिले चाड पर्वको बेलामा अझै धेरै कम गरि दिएका कारण मनि चेन्जर व्यवसायिहरु मर्कामा परेकै छन् र त्यसको प्रत्यक्ष प्रभाववाट व्यापारी वर्ग र र्सवसाधारण जनताहरु ज्यादै चिन्तित देखिएको कुरा एक मनि चेन्जर व्यवसायिले बाईपासलाई बताएका छन् ।
वारामा ४ र पर्सर्ाा २२ वटा मनि चेन्जरहरु क्रियाशिल रहेका छन् । नेपाल राष्ट्र बैंकले पहिले देखि २ लाख र १ लाख दिदै आएकाहरुलाई ५० हजार, रु. ७५ हजार, दिदै आएकालाई ३५ हजार , रु. ५० हजार दिदै आएकालाई ३० हजार र ३५ हजार दिदै आएकालाई २५ हजार दिने गरेकोले त्यति थोरै पैसावाट व्यवसाय संचालन गर्न सकिदैन भन्दै व्यवसायि चिन्तित देखिएका छन् । राष्ट्र बैंकले कम्तिमा एउटा मानि चेन्जरलाई ४ लाख सम्म भारतीय रुपैया उपलब्ध गराउनु पर्दछ, एक मनि चेन्जर व्यवसायिले बताए ।

No comments:

Post a Comment