Sunday, October 10, 2010

पर्सर्ाा ५२ जना डंेगु बिरामी फेला

वीरगंज/२३/असोज
चितवनमा फैलिएको डेंगु ज्वरोको संक्रमण पर्सामा पनि देखिएको छ । पर्साको विरगंजस्थित अस्पतालमा भदौ १७ गतेयता उपचारका लागि आएका विरामीको रगत परिक्षण गर्दा ५२ जनामा डंेगु फेला परेको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालमा आएका २५ र एएमसी अस्पतालमा आएका २७ जनामा डंेगु देखिएको हो । भदौ दोश्रो सातादेखि नै डंेगुका विरामी भेटिए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले यसबारे औपचारिक जानकारी हालसम्म गराएको छैन । डंेगुका विरामी भेटिएको भन्ने जानकारीमा आए पनि यकिन छैन, जनस्वास्थ्य प्रमुख अरुण कुमार महतोले भने, हामी कर्मचारी खटाएर यसबारे जानकारी संकलन गर्दैछौ । कांगे्रस नगर नगर कार्य समितिका अध्यक्ष महम्मद सहाबुद्दिनले डेंगुका विरामी धमाधम देखिन थाले पनि सम्बद्ध निकायवाट नियन्त्रणका लागि गम्भीरता नदेखाइएको गुनासो गरे । जनस्वास्थ्य कार्यालयमाथि डंेगुको सूचना लुकाएर समस्या झन चर्काउन थालेको आरोप लागेको छ ।
जनस्वास्थ्य कार्यालयले महामारी रोग नियन्त्रण महाशाखावाट डंेगु पहिचान गर्ने किट ल्याएर नारायणी उपक्षेत्रिय अस्पतालमा उपलब्ध गराइएको जनाएको छ । वीरगंज डंेगुको उच्च जोखिम क्षेत्रमा पर्छ । प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले र्सतर्कता अपनाउन आफूले स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको तर डंेगुका विरामी बारे कुनै जानकारी नपाएको बताए । वीरगंज उपमहानगरपालिकाले वीरगंज उद्योग वाणिज्य संघको सहयोगमा शनिवार देखि नगरक्षेत्रमा लामखुट्टे मार्न डिजेलमा मालाथन टेक्निकल औषधी मिसाएर र्छर्ने कार्य शुरु गरेको छ ।

No comments:

Post a Comment