Wednesday, October 6, 2010

एनआइसी बैंकको गौरमा २८ औं शाखाको रुपमा कारोवार सुरु

रौतहट/स्थानीय व्यापारी तथा र्सवसाधारणको माग बढदै गएपछि रौतहटको गौरमा एनआइसी बैंकले २८ औं शाखाको रुपमा बुधवार देखि कारोवार सुरु गरेका छन् । निजी क्षेत्रमा स्थापना हुने एनआइसी तेश्रो बंैक रहेको छ ।
एनआइसी बैंकले निक्षेपमा ३ देखि ७ प्रतिशत, कर्पोरेटमा ६.५ प्रतिशत, मुद्दतीमा अधिकतम ११ प्रतिशत व्याज दिने कुरा शाखा प्रबन्धक शिवनाथ साहले जानकारी दिए । यस बैंकले निशुल्क रुपमा एबीबीएस र एटिएम सुविधाको पनि व्यवस्था गरेको बताए ।
२८ औं शाखाको रुपमा स्थापना भएको एनआइसी बैंकबाट स्थानीय व्यापारी, र्सवसाधारण तथा कर्मचारीहरु लाभान्बित हुने बताउदै शाखा प्रबन्धक साहले ग्राहकहरुलाई सके सम्म यसले सजिलो र सरल रुपमा बैंकिङ्क कारोवार गर्न सुविधा पुगेको विश्वास व्यक्त गरे ।
यस अघि गौरमा ग बर्गको विरगंज फाइनान्स र एटिएम सहितको क बर्गका सनराइज बैक स्थापना भइ कारोबार संचालन गर्दै आएको छ । स्थानीय राजेश मेडिशिनका संचालक सचिन खण्डेवालले गत सात महिना अघि सम्म सरकारी बैकबाट कारोवारहरु गर्नु पर्दा निकै ढिलो तथा चाहेको समयमा कारोवार गर्न अप्ठयारो पर्ने गरेको बताए ।
गौरमा रहेको नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकले सरकारी कारोवार गर्न भ्याइ नसकेको अवस्थामा व्यापारीहरुले कारोवार गर्न झन्झट भइरहेका थिए तर निजी क्षेत्रका ख्याती पाएका बैंकहरु गौरमा आउन थाल्दा धेरै राम्रो भएको उहाँले बताए । जति धेरै बैकहरु आएमा ग्राहकहरु लाभान्वित हुने जिकीर गर्दै व्यापारी खण्डेलबालले निजी बैकहरुले गर्दा सरकारी बैंकहरुमा रहेको चाप घटेको छ प्राय व्यक्तिहरु निजी बैंक तर्फआकषिर्त भएको उनले भने ।
रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष देवप्रयाग गुप्ताले एनआइसी बैक स्थापना भएकोमा खुशी व्यक्त गर्दै राम्रो रुपमा ग्राहकलाई सेवा प्रदान गर्न सुझाव दिदै स्वागत गरे । निजी क्षेत्रका बैंकहरु स्थापना हुनु साह्रै नै राम्रो काम भएको ठहर गर्दै आउदो एक बर्षभित्र अन्य बैंकहरु पनि आउने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment