Wednesday, October 6, 2010

मकवानपुरमा महिला र बालीकाको शव फेला

हेटौडा/मकवानपुर जिल्लाको दर्ुइ छुट्टाछुट्टै स्थानमा महिला र बालिकाको गरी दर्ुइ वटा शव भेटिएका छन् ।
मकवानपुरको निबुवाटार गाबिस वडा नम्बर -१ पान्द्राङस्थित पान्द्राङ खोलामा एक बालिकाको शव भेटिएको छ । स्थानीय देवेन्द्र लामाकी ५ बषिर्या छोरी इशाको शव पान्द्राङ खोलामा भेटिएको हो ।
हिजो साँझ खोलामा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, पश्चिमी मकवानपुरको खैराङ गाबिस वडा नम्बर -१ आँखीटारमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
खैराङस्थित जंगलमा ४२ बषिर्या एक तर्राई मुलकी महिलाको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गाउँलेले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालीकाको शव पोष्र्टमाटमको लागी जिल्ल्ाा अस्पताल हेटौडामा ल्याईएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment