Sunday, October 10, 2010

भन्सार एरियाको अनियन्त्रित भिडबाट जनतालाई सास्ती ट्राफिक र प्रहरी दशैं मनाउन असुलीमा व्यस्त

वीरगंज/२३/असोज
नेपालको प्रमुख नाका प्रवेश द्वार, व्यापारी केन्द्र वीरगंजको भन्सार एरियामा अहिले ट्राफिक जाम अनियन्त्रित र र्सवसाधारण जनताहरु सास्ती भोग्न बाध्य भएका छन् । विजया दशमीको आगमन संगै मानिसहरु र विभिन्न किसिमको सवारीहरुको अनियन्त्रित भिडभाडले सवै सास्ती भोग्दै छन्, आफू पनि भोगेको छु, एक भुक्त भोगीले बताएका छन् ।
अनियन्त्रित भिडभाडबाट मानिसहरु कठिनाई भएको देखिएको छ तर यसको फाइदा त्यस एरियामा तैनाथ भएका ट्राफिक प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरीले उर्ठाईएको कुरा जसले पनि सजिलै संग हर्ेन सकिन्छ । ती भुक्त भोगी बताउछन् । भिडभाडमा अल्झेर दुःख पाउने गरेका स-साना विभिन्न व्यापारीहरुवाट तैनाथ प्रहरीहरुले दशैं खर्च स्वरुप नजराना असुलीमा व्यस्त देखिएका छन् । अनियन्त्रित भिडभाड नियन्त्रण गरी सवैलाई सहज र सुरक्षित ढंगवाट आउन जान दिन भरपर्दो व्यवस्था गर्नुको साट्टो प्रहरीहरु भिडभाडमा फाइदा उठाउनमा व्यस्त हुनु वडो विडम्वनापर्ूण्ा छ । कुन कामको लागि नेपाल सरकारले खटाएको छ, त्यसको वास्तै नगरी कठिनाईमा परेका जनतावाट दशैं खर्च स्वरुप नजराना असुली बडो विडम्वनापर्ूण्ा सचेत जनताहरुले बताएका छन् । व्यापारी वर्ग र र्सवसाधारण जनताहरु महान चाड दशैंको लागि चाहिने सामान किनमेल गर्न तथा अन्य आवश्यक कामका लागि सिमावर्ती क्षेत्रमा आउने जाने कार्यले त्रि्रता पाए पछि अहिले भन्सार क्षेत्रमा अनियन्त्रित ढंगले भिडभाड बढदै गएकोले प्रहरी प्शासनले असुलीको कामलाई छोडेर आवागमन सहज र सुरक्षित पार्ने काममा जुट्नु पर्ने जरुरी छ ।

No comments:

Post a Comment