Wednesday, October 6, 2010

अज्ञात समुहद्धारा बारामा एकको हत्या

बारा/अज्ञात समुहले मंगलवार राति बाराको बगही गाउँ विकास समितिमा एक र्सवसाधारणको हत्या गरेका छन् ।
उक्त गाविस २ का सोनालाल यादवकोलाई ति समुहले धाँटी तथा दाहिने कन्चटमा धारिलो हतियारले काटी बगहीगोठ गाविसमा हत्या गरेर फालेका हुन् ।
सोनालालको शव बगही-२ कै रामऔतार यादवको खेतमा बिहान गाउँलेले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । तर्राईका जिल्लामा हत्यापछि त्यसको जिम्मा लिने होडबाजी चल्ने गरेको पाइए पनि अहिलेसम्म यादवको हत्याको जिम्मा कसैले लिएको छैन ।
हत्या किन र कस्ले गरेका हुन भन्ने बारे अनुसंधान भईरहेको समेत प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment