Friday, October 8, 2010

काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार छैन, राष्ट्रपतिमार्फ सरकार गठनर् गे विरोधको चेतावनी ः प्रकाश

मनोज ढोडरी/हेटौंडा/२१/असोज
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले अहिलेको काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ मकवानपुरले बिहिवार हेटौंडामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाशले उक्त कुरा बताउनु भएको हो ।
नेता प्रकाशले कामचलाउ सरकारको नैतिकता भए मन्त्रालय समेत जान नहुने बेलामा बजेट ल्याउन खोज्नु नकारात्मक संकेत भएको र यसका लागि सदनमा एकिकिृत माओवादीले विरोध गर्ने समेत बताउनु भयो । राष्ट्रपतिमार्फ नंया सरकार गठन गर्ने षड्यन्त्रमा दलहरु लागेको बताउदै एकिकृत माओवादी यसको विरुद्धमा उत्रिने चेतावनीसमेत दिनुभयो
काम चलाउ सरकारलाई लम्ब्याएर देशमा राष्ट्रपतिय शासन लागु गर्ने षड्यन्त्र भईरहेको आरोपसमेत लगाउंदै हुंदै उंहाले काम चलाउ सरकार लम्व्याउने, यही सरकारले बजेट ल्याउने, व्यवस्थिापिका संसद र संविधानसभालाई कामविहिन देखाउने र राष्ट्रपतिय शासन लागु गर्नेतर्फदलहरु लागि परेको बताउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले माओवादीलाई जनताले ठूलो पार्टर्ीीनाएपछि नेपाली कांग्रेस र नेकपा एमालेकै कारण सहमतिय राजनीति तोडिएको जिकिर गर्नुहुंदै उंहाले काम चलाउ सरकारले बजेट ल्याउनु भन्दा नयां सरकार बनाएर बजेट ल्याउनु राम्रो विकल्प भएको बताउदै काम चलाउ सरकारलाई बजेट ल्याउने अधिकार नभएको जिकिर गर्नुभयो । उहाले राजनैतिक संकटले आर्थिक समस्या ल्याएको हुनाले राजनैतिक संकटको अन्त्य गरी बजेट ल्याउनु पर्ने बताउनुभयो ।
यस्ता कामचलाउ सरकारलाई बढावा दिनको लागि केहि देशी विदेशी शक्तिहरु ल्ागि परेको संवेदनशिल अवस्थामा संविधान सभाको प्राप्त उपलब्धहरुलाई विस्तारै विस्तारै खोस्दै लगेर लोकतन्त्रको उपहास गर्दै राष्ट्रपतिबाट सरकार घोषणा गराउन प्रतिक्रियावादीहरु ल्ागि परेको समेत बताउनु भयो । अहिलेको अवस्थामा कांग्रेसले उमेद्वारी फिर्ता लिने र राष्ट्रीय सहमति गर्ने वाहेकको सकारात्मक विकल्प नरहेको हुदा अहिले नै संविधानको डूाफ्ट बन्नु गलत भएको र त्यसलाई आफ्नो पार्टर्ीी स्विकार्य नगर्ने स्पष्ट पार्नुभयो
सम्पर्ुण्ा कुरालाई छाडेर जनआन्दनेलनको एकरुप प्रतिवद्धता, विदशी हस्तक्षेप अस्विकार गर्दै आत्मनिर्ण्र्ााो अधिकार सुनिश्चितता र राष्ट्रीय सहमतिको प्रणाली मुख्य तिन कुराको अपिलमा आउनुपर्नेमा जोड दिनुभयो यदि यसो भएन भने राष्ट्रीयता खतरामा पर्ने, प्रतिक्रान्ति हुने र नेपाल असफल राज्य हुने दर्दनाक अवस्था आउनेमा ठोकुवा गर्नुभयो ।
यसैबिच एकिकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले परेली समूह बसामाडी वस्तिपुरले आयोजना गरेको शहिद स्मृति राष्ट्रीय भलिवल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
विभिन्न क्षेत्रका ८ टिम सहभागि रहेको प्रतियोगिताको सफलताको कामना गर्दै प्रमुख अतिथि प्रकाशले शहिदहरुको सम्मानमा आयोजना गरिएका यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास संगै लुकेर रहेका प्रतिभाको खोजी हुने भएकोले सान्दर्भिक रहेको चर्चा गर्नुभयो ।
परेली समुहका उपाध्यक्ष राजकुमार भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादीका विजय, एमालेका हरीवहादुर महत, नेपाली कांगे्रसका विष्णु दाहाल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुण राज सुमार्गी, पत्रकार महासंघका केन्द्रीय सदस्य द्वय प्रताप विष्ट र शितल साह, खेलकुद पत्रकार मञ्चका केन्द्रीय कोषाध्यक्ष हेमन्तराज काफ्ले, प्रहरी मकवानपुरका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठ, खुसराज दाहाल, अजय बर्तौला, बसन्त कुमार सिटौला लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्धितीयले २० हजार र ट्रफी प्राप्त गर्ने छन् । यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार र उदयमान खेलाडीले ३ हजार नगद पाउने कार्यक्रम संयोजक राजकुमार भेटवालले जानकारी दिनुभयो ।


No comments:

Post a Comment