Monday, October 11, 2010

गौरमा ५० लाखको चोरी

रौतहट/अज्ञात चोरहरुको एक समुहले गएराती रौतहटको गौर नगरपालिका स्थित एक घरबाट ५० लाख मुल्य बराबरको धनमाल चोरी गरेका छन् । घटनास्थलबाट प्रहरीले एक थान पेतोल समेत बरामद गरेको छ ।
घरमा कोही नभएको मौका छोपी चोरहरुले गौर नगरपालिका ८ स्थित मेवालाल साहको घरबाट उक्त मुल्य बराबरको धनमाल चोरी गरेका हुन् ।
दशैंको लागि घरका सम्पर्ूण्ा सदस्यहरु आफ्नो घर अकोलवा गाविस गएको मौका छोपी चोरहरुले गौरमा रहेको घरको मुल ढोका फोडेर चोरी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चोरहरु घरभित्र प्रवेश गरी दराज फोडेर नगद, गरगहना तथा लत्ताकपडा गरी उक्त मुल्य बराबरको धनमाल चोरी गरेको बताउादै प्रहरीले घटनास्थलबाट ब्रि्रेको एक थान पेस्तोल समेत बरामद गरेको जनाईएको छ । चोरहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment