Sunday, October 10, 2010

बजामद्धारा टि.बी.रिच कार्यक्रम शुरु


वीरगंज/२३/असोज
बिश्व स्वास्थ्य संगठन (who) तथा फेमिली हेल्थर् इन्टरनेशनल (fhi) को सहयोगमा बिद्यार्थी जागरण मञ्च -बिजाम) र जिल्ला जनस्वास्थ्य कार्यालय पर्सर्ाा जिल्लामा टि.बी. रिच कार्यक्रम संचालन गर्ने जानकारी आज स्थानिय होटल भिस्वामा अभिमुखिकरण गोष्ठी मार्फ जानकारी गर्राईयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अरुण कुमार महतोको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत साबुद्धिन मिकरानीले स्वागत मन्तव्य सहित पर्सर्ााजल्लामा क्षयरोगीहरुको अवस्था बारे प्रष्ट पार्नुका साथै जिल्ला जनस्वास्थ्य कार्यालयले डट्स क्लिनिक मार्फ आर्थिक वर्ष२०६६/२०६७ मा ९१४ जना नयां क्षयरोगीहरुको उपचार गरिरहेको तथ्याङ्क बारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बिजामका अध्यक्ष महेश आर्यालले पहिले रोग लागी सके पछि लक्षणको आधारमा टि.वी. परिक्षण गराउन स्वास्थ्य संस्थामा आउने परम्परा चल्दै आईरहेकोमा यो टी.वी.रिच कार्यक्रमले Active Case Finding प्रक्रियाबाट सम्भावित तथा जोखिममा रहेका लक्षित समूहको लक्षणको अध्यन गरि स्पटेम संकलन गरि परिक्षणमा पठाउने र परिक्षण नतिजा सकारात्मक भएको अवस्थामा बिरामीलाई नेपाल सरकार अर्न्तगतको डट्स क्लिनिकमा प्रेषण र फलोअप गर्ने अर्यालले जानकारी गराउनुका साथै वहांले अगस्ट २०११ सम्ममा २६९ जना विरामीहरु पहिचान गरिने लक्ष्य रहेको पनि उक्त कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
यसै गरि कार्यक्रममा पत्रकार महासंघका सभापति शत्रुधन नेपाल, रा.स.स. का व्युरो प्रमुख शितल प्रसाद महतोले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । उक्त कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी, पेशाकर्मी, संचारकर्मी तथा टि.बी.रिच कार्यक्रमसंग आबद्ध कर्मचारीहरु गरि ५६ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सरिता यादवले गर्नु भएको थियो ।

No comments:

Post a Comment