Friday, October 8, 2010

फोरम नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम हक अधिकारको लागि पुनः आन्दोलनको खांचो छ ः अध्यक्ष यादव

वीरगंज/२१/असोज
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हक अधिकारको पुन एक पटक शान्तिपर्ूण्ा सशस्त्र आन्दोलन आवश्यकता रहेको बताउनु भएको छ । मधेशी जनताको हक अधिकार सम्बन्धी मुद्दाहरुलाई प्रमुख राजीतिक दलहरुले ओझेलमा पार्न खोजेकाले मधेशी जनता एक पटक फेरि आन्दोलन गर्नुको विकल्प नरहेकोले त्यसको लागि तयार रहनु पर्दछ , बताउनु भयो । २०६७ सालको हिन्दूहरुको महान पर्व वडा दशै र मुस्लिमहरुको पर्वर् इदको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले वताउनु भएको थियो ।
होटल सम्झनामा आयोजित कार्यक्रममा उहांले देशो समसामयिक राजनीतिक बस्तु स्थिति र आफ्नो पार्टर्ीी खेल्नु पर्ने भूमिकाको बारेमा प्रष्ट पार्दै उहांले अहिले नागरिकताको आधारमा भइरहेको फोटो सहितको मतदाता नामावली प्रति विरोध जनाउनु भएको थियो । यस्तो प्रकृयाबाट हुने गरेको नामावली संकलनले मधेशी जनताको भोट कटिने देखिएको छ, अहिले सम्म धेरै मधेशी जनताले नागरिकता पाउन सकेका छैनन्, त्यसैले मधेशी सवालमा यस्तो प्रकृया प्रति घोर विरोध छ, भन्नु भयो ।
मधेशी जनधिकार फोरम नेपाल पर्सर्ाा अध्यक्ष शशि कपुर मियाको सभापतित्वमा मुस्लिम फोरम प्रवक्ता अयुव अंसारीका संचालनमा भएको सो कार्यक्रममा पार्टर्ीी केन्द्रिय सदस्यहरु लालबाबु राउत गद्दी, रेखा यादव, सभासद आत्माराम साह, मुस्लिम फोरमका जिल्ला अध्यक्ष नेहाल खान लगायतको विशेष उपस्थिति रहेको थियो । त्यस अवसरमा विभिन्न राजनीतिक पार्टर्ीी परित्याग गरेर सयौं कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका थिए ।

No comments:

Post a Comment