Wednesday, October 6, 2010

सदभावनाले आयोगको पुतला जलाए

रौतहट/नेपाल सदभावना पार्टर्ीी रौतहट सदरमुकाम गौरमा निर्वाचन आयोग विरुद्ध बुधवार दिउसो पुतला जलाएका छन् ।

पार्टर्ीी कार्यवाहक अध्यक्ष विकासकुमार तिवारीको नेतृत्वमा रहेका कार्यकर्ताहरुले गौर नगर परिक्रमा गरी निर्वाचन आयोगको पुतला जलाएका हुन् । मधेशको सदरमुकाम स्थित नगरपालिकाहरुमा मतदाता परिचय पत्रका लागि चलाइएको अभियान मधेशी जनता संग धोखा भइरहेको आरोप लगाएका छन् ।

मधेशी जनताहरु नागरिकता पाउनबाट बञ्चित रहेको अवसरको फायदा उठाउदै निर्वाचन आयोगले मतदाता परिचय पत्र बनाउने अभियान सुरु गरेको त्यसमा पनि नागरिकता भएको व्यक्तिले मात्र मतदाता परिचय पत्र बनाउन सक्ने प्राबधानको विरोधमा सदभावना पार्टर्ीींर्घष्ामा उत्रेका बताए ।

मतदाता परिचय पत्र अभियान चलाएर निर्वाचान आयोगले मधेशी जनताको अधिकारलाई कुण्ठित गर्ने दुष्प्रयास गरेको आरोप लगाउदै कार्यवाहक अध्यक्ष तिवारीले उक्त कार्य तत्कालै बन्द नगरिए आफनो अधिकारका लागि मधेशी जनता सडकमा उत्रने चेतावनी समेत दिए ।
यसैगरी जनपद प्रहरीले पनि चार वटा चोरीका विभिन्न ब्राण्डका जिपहरु नियन्त्रणमा लिएर भन्सार बुझाएको जानकारी दिदै गौर भन्सार कार्यालयका प्रमुख अधिकृत लक्ष्मणसिह श्रेष्ठले बरामद गरिएको १४ वटा जिपको आवश्यक कारवाहीका लागि प्रक्रियाहरु अघि बढाइसकेको बताए ।

No comments:

Post a Comment