Monday, October 11, 2010

५५ औ प्रहरी दिवश

प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम
रौतहट/जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित ५५ औ प्रहरी दिवश आइतवार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
प्रहरी दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराइले माओवादी द्धन्दकालमा धवस्त बनाईएकोर् इलाका प्रहरी कार्यालय गंगापिपराको भवन निमार्ण्र्ाार्न जग्गादान दिएका सात जनालाई सम्मान पत्र दिनुभयो भने जिल्ला भित्र प्रहरी सेवामा उत्कृष्ट काम गरे वापत दश जनालाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी सोही अवसरमा भएको बैडमिण्टन प्रतियोगितामा प्रथम र दुतिय हुनु भएकालाई नगद र प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भटर्राईले प्रहरी जनताको सेवक रहेकोले समाजमा शान्ति सुरक्षा कायम गराउनमा दिनरात खटिरहेको तथा उनीहरुको अहम भूमिको रहेकाले सबै जनताको साथ रहेमा मात्रै प्रहरीले सफलता पाउने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा प्रहरी उपरिक्षक पिताम्वर अधिकारी, सशस्त्र प्रहरी उपरिक्षक हृदयनारायण मण्डल, नेपाली सेनाका सेनानी प्रकाश आचार्य, नेपाली काँग्रेक रौतहटका सभापती तथा सभासद कृष्णप्रसाद यादव लगायतका विभिन्न राजनितिक दलका प्रतिनिधिहरको उस्थिति रहेको थियो ।

No comments:

Post a Comment