Saturday, January 14, 2012

सभासद वेगम र पंडित द्वारा पत्रकार सम्मेलन,१० दिन भित्र माग पुरा नभए आन्दोलन

वीरगंज,३०,पुस / पर्सा क्षेत्र नं. १ का सभासद करिमा वेगम र क्षेत्र नं. १ का क्षेत्रिय अध्यक्ष कामेश पंडितले शनिवार रिपोर्टस क्लव पर्साको आयोजनामा पत्रकार सम्मेलनको आयोजना गरेर १० दिन भित्र क्षेत्र नं. १ का सर्वसाधारण जनताहरुको समस्या समाधान नगरी अदालतमा पिडकहरु विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा सभासद करिमा वेगमले साना तरकारी पसले, फलफुल पसले, टांगा, रिक्सा व्यवसायिहरुलाई व्यवस्थित ठाउं उपलब्ध गराउन प्रहरी र विउमनपासंग जोडदार माग गरेकी छिन् । वीउमनपा र प्रहरीको मिलोमतोमा वीरगंज नगर क्षेत्रका जनताहरुमा राम्रा गाईहरुलाई नियन्त्रणमा लिएर पथलैया र निजगढको जंगलमा छाडिएको प्रति आक्रोश पोख्दै यदि फर्काएन र प्रत्येकलाई रु. ५० हजारको दरले क्षतिपूर्ति उपलब्ध गराइएन भने आन्दोलन गर्नु बाहेक अर्को विकल्प नरहन चेतावनी दिएकी थिइन । उनले केहि महिना पहिले मेडिकल कलेज जाने वाटोमा स्थानियवासी हरिनारायण सोनारलाई अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाको विषयमा प्रहरीले सत्य तथ्य पत्ता लगाउन नसकेको प्रति पनि आक्रोश पोख्दै रु. १० लाख क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गरेकी थिइन । पत्रकार सम्मेलनमा पिडित स्थानियवासीहरु टांगा व्यवसायि बसिर हवारी, गाई पिडित मन्तरिया चमइन, भागरति चमइन, बुद्धिया देवी राम, तरकारी पसले प्रमिला देवी ले प्रहरी र वीउमनपाले धेरै अन्याय गरेको गुनासो पोखेकी थिईन ।

No comments:

Post a Comment