Saturday, January 14, 2012

रौतहटको शान्ति सुरक्षा फित्तलो, एक महिनामा ६ स्थानमा बम फेला, एकको हत्या

रौतहट,३०,पुस/ पछिल्लो समयमा रौतहटमा सुरक्षा स्थिति फित्तलो बनेपछि यंहा बम बिस्फोट र चन्दा आतंकमा तीव्रता आएको छ ।
पछिल्लो एक महिनाको अवधीमा सशस्त्र समूहले रौतहटका उद्योग ब्यवसाय तथा सरकारी कार्यालयलाई लक्षित गर्दे ६ स्थानमा बम राखेका थिए भने एक उद्योगीको हत्या भएको छ ।
जनतान्त्रिक तराई मधेश मुक्ति मोर्चा भगत सिंहले रौतहट जिल्ला अदालत, भूमिसुधार कार्यालयमा राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्कृय बनाएको छ भने जिल्ला विकास समितिमा बम बिस्फोट गराएका थिए । यस्तै गौरमा शिवशक्ति इम्पोरियम र बंकुलका व्यापारी दिपक जयसवालको पसलमा बम राखेर आतंकित बनाएका थिए भने चन्द्रनिगाहपुरका व्यवसायी कालुमान शाहीको किराना पसलमा बम बिस्फोट गराएका थिए । बिस्फोटबाट उनको ७ वर्षिय छोरी समान्य घाईते भएकी थिइन् । उक्त समूहले पछिल्लो पटक बंकुलका व्यापारी जयसवालको पसलमा बम राखेका हुन् ।
यता गएको शुक्रवार राती बसविटी जिगडिया ३ स्थित बिडी व्यापारी शेख सेराजलाई सोही उद्योगमा कार्यरत मजदुर शेख जुआएरले गोली प्रहार गरी हत्या गरेका छन् ।
सरकारी कार्यालयका प्रमुख, उद्यागी व्यापारीहरुसंग चन्दा संकलनका लागि बम राखेर तेर्साउने गरेको सुरक्षा अधिकृतहरु बताउंछन् । चन्दा संकलनक लागि आतंक मच्चाउने समूहद्धारा उद्योगी ब्यावसायीलाई धम्काउनको लागि बम राख्ने गरेको ति अधिकृतहरु बताउंछन्
विगत दुई महिना देखि जिल्लामा शान्ति सुरक्षाको क्रममा निकै फित्तलो बनेको मौकाको फाइदा उठाउंदै ति समूहले ठाउं ठाउंमा बम बिस्फोट तथा चन्दा आतंकमा तीव्रता दिएको रौतहट उद्योग वाणिज्य संधले जनाएको छ । पछिल्लो समयमा उद्योगी ब्यावसायीले सुरक्षाको प्रत्याभूति गर्न नसकेको उद्योग वाणिज्य संघका अध्यक्ष देवप्रयाग गुप्ता भन्नुहुन्छ असतित्वमा नआएका समुहले चन्दा आतंक मच्चाई रहेका छन् ।
प्रहरी प्रशासनलाई धम्की आएको फोन नम्बर समेत दिदा पनि कसैलाई पक्राउ गर्न नसकेको गुनासो पीडितहरुको रहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ठुले राई सरुवा भएर आएकै दिन जिल्ला भूमिसुधार कार्यालयमा बम राखियो त्यसपछि हालसम्म चन्द्रनिगाहपुर, बंकुलमा बम राखियो र बसविटी जिगडियामा बिडी उद्योग सञ्चालकको हत्या भयो जिल्लामा शान्ति सुरक्षाको नाममा जनताले राहत महसुस गर्न नसकेको गुनासो स्थानीय बासिन्दाहरुको रहेको छ ।

No comments:

Post a Comment