Saturday, January 14, 2012

शिवम् वचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न

वीरगंज,३०,पुस / शिवम् वचत तथा ऋण सहकारी संस्था वीरगंज १३ कलवार कल्याण समितिको सभा कक्षमा भव्यताका साथ सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारको सभापतित्वमा र प्रमुख अतिथि एवं डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख दुर्गा प्रसाद जैसवालको प्रमुख आतिथ्यमा भएको बार्षिक साधारण सभामा विउवासंघका महासचिव सुवोध कुमार गुप्ता, कलवार कल्याण समितिका अध्यक्ष भोला प्रसाद कलवार, विश्वमित्र प्रसाद कलवार, अनिल मानन्धर, उषा शाह, गोविन्द श्रेष्ठ, कृष्णानन्द झा लगायतले सहकारी संस्थाको विषय माथि प्रकाश पार्दै बार्षिकोत्सवको सफलताको कामना व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि दुर्गा प्रसाद जैसवालले पर्सा जिल्लामा स्थापित भएर क्रियाशिल रहेका सरकारी संस्थाहरुको अवस्था र ऐन प्रकृयाको विषयमा प्रकाश पार्नु भएको थियो । संस्थाका राजेन्द्र प्रसाद जैसवालको संचालनमा भएको साधारण सभामा ३१ जना संस्थापक शेयर धनी र रु. ६२ लाख चुक्ता पुजीवाट शुरु भएको यो संस्था २०६७/०६८ सम्ममा ३०७ जना शेयर धनी बनाएर रु. ७ करोड ६३ लाख ३ हजार ४ सय पैसा १ र असुली रु. ४ करोड, ३६ लाख, २९ हजार ९ सय ९८ पैसा गरिसकेको कुरा संस्थाका अध्यक्ष शिवजी प्रसाद साहले जनाउनु भएको छ । उहांले सामाजिक दायित्व अन्तर्गत यस संस्थाले चालु, आ.व. मा रु. ३ लाख सामाजिक कार्यमा खर्च गर्ने योजना सहितको रकम विनियोजन गरेको बताउनु भयो ।

No comments:

Post a Comment