Saturday, January 14, 2012

आज हिन्दु धर्मावलम्वीहरुले माघे संक्रान्ति धुमधामका साथ मनाउदै

वीरगंज,३०,पुस / हिन्दु धर्मावलम्वीहरुले आज अर्को एउटा धार्मिक आस्थापूर्ण पर्व माघे (मकर संक्रान्ति) संक्रान्ति (खिचडी) मनाउन थाले छन् । परम्पराकाल देखि अध्यात्मिक धार्मिक मान्यता एवं विश्वासका साथ मनाईने यो आधुनिक युगको चरम अवस्था पुग्दा पनि त्यति कै मान्यता र विश्वासका साथ मनाउन थालिएको छ । आज विहानै ब्रतालुहरुले पवित्र भावनाका साथ यो पर्व मनाउन थालेको यो पर्व थारु समुदायहरुले पनि वडो झकिझकाउ र भक्तिभावका साथ मनाउन थालेका छन् । वारा, पर्सा, रौतहट लगायत नेपालभरि र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउंहरुमा यस पर्वका दिन एक आपसमा सहयोग र सहकार्य गर्दै सौहार्द वातावरणमा सांस्कृतिक कार्यक्रम झांकी प्रदर्शन गरेर मनाउछन् । आजका दिन भुजा (लाइ), तिलको लड्डु खाने खुवाउने गरिन्छ, यसको बजार पनि राम्ररी फस्टाएको देखिएको छ । यस पर्वको धार्मिक मान्यता यस्तो छ ः–
जब ग्रह एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्ने बेलामा स्थान परिवर्तन गर्ने गर्दछ, त्यसलाई संक्रान्ति भनिने गरिन्छ । खास गरेर सूर्यद्वारा गरिने राशि परिवर्तन नै संक्रान्ति हो । जब सूर्य धनु राशिमा प्रवेश गर्ने गर्दछ, त्यहि बेला देखि खरवास शुभारम्भ हुने गर्दछ । एक महिनापछि जसरी सूर्य अगाडीको राशि मकरमा प्रवेश गरेको हुन्छ, त्यती बेला राशि परिवर्तनको समयलाई मकर संक्रान्तिको नामले जान्ने गरिन्छ । यसै संक्रान्ति जन्य पुण्यकालमा नुहाएर दान उपदान गरेर मकर संक्रान्तिका महत्वपूर्ण पर्व खिचडीको रुपमा हिन्दू धर्मावलम्वीहरुले मनाउदै आएका छन् । यस पर्वको साथै सम्पूर्ण शुभ कार्यहरु शुभारम्भ हुने गर्दछ । जहासम्म खरवासको प्रश्न छ, धनु राशिको सूर्य प्रवेश १६ दिसम्वरको रात १०ः५५ मिनेटमा र मकर राशिको सूर्य प्रवेश १४ जनवरी राती ६ः१२ मिनेटमा हुनु भन्दा एक महिना पछि खरवास समाप्त हुने गर्दछ । १५ जनवरीको सुर्योदय ६ः४३ बजे सूर्य भन्दा पहिले संक्रान्ति हुने भएकोले संक्रान्ति जन्य पुन्यकाल आइतवारको दिन भरी अर्थात सुर्यास्त सम्म रहने छ । सुर्योदय भन्दा पहिले संक्रान्ति हुने भएकोले आईतवारको पनि शनिग्रहसंग जोडिएको वस्तु दान उपदान गर्न सकिनेछ । खरवासको दिन शुभकार्य गर्नु हुदैन भन्दै अचार्य प्रो.विनोद तिवारी भन्छन् “धनु राशिको सुर्यको तापले वृहस्पतिको शुभता नष्ट भएर जान्छ । यसको कारणले धुन र मीन राशिको सुर्य अर्थात खरवासमा संस्कारगत कृत्य एवं शुभकार्य वर्जित रहेको छ । यदि सुर्यास्त पछि अर्थात मध्यराती भन्दा पहिले संक्रान्ति हुने गर्दछ र पहिलो दिनको दिउंसो २ बजे को समय पुण्यकाल हुने गर्दछ । यस्तोमा आईतवारको विहानै संक्रान्ति हुनु भन्दा दिनमा २० घण्टा सम्म संक्रान्ति जन्यपुण्य काल रहेको छ । जसमा श्रद्धालु भक्तजनहरुले नुहाएर दान, पुजापाठ गरेर अध्यात्मिक लाभ उठाउन सक्ने देखिएको छ ।

No comments:

Post a Comment