Saturday, January 14, 2012

विधालयमा पाठ्यपुस्तकका लागी दिईएकोे करोडौं रकम हिनामिना भएको आशंका

रौतहट,३०,पुस / शैक्षिक सत्र शुरु भएको नौ महिना वितिसक्दा पनि रौतहट जिल्लाका अधिकांश सरकारी तथा सामुदायिक विधालयमा अध्ययनरत विधार्थीहरुले पाठ्यपुस्तक नपांउदा विधालयमा पाठ्यपुस्तकका लागी दिईएकोे करोडौं रकम हिनामिना भएको आशंका गरिएको छ ।
नेपाल सरकारले सबैका लागी गुणस्तरीय र अनिवार्य शिक्षालाई सहस्राब्दी विकास लक्ष्यका रुपमा अघि सारेर विधालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत निःशुल्क पाठ्य पुस्तक वितरण तथा छात्रवृति वितरणका कार्यक्रमहरु ल्याएको थियो ।
छात्रवृतिको रकम विधालयको खातामा निकासा भईसकेता पनि विधार्थीहरुले अझैसम्म पाउन नसकेको अभिभावकहरुले गुनासो गरेका छन् । नेपाल सरकारले विधालय क्षेत्र सुधार क्षेत्र कार्यक्रम अन्र्तगत निःशुल्क पाठ्य पुस्तक तथा छात्रवृति रकम वितरणको लागी रकम निकासा गर्दै आईरहेको भए पनि विधालय प्रशासनबाटै रकमको दुरुपयोग हुने गरेको सरोकारवालाहरुको भनाई छ ।
पाठ्य पुस्तक तथा छात्रवृति वितरण र अन्य शिर्षकमा आएको रकम ्अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी समेत परेको छ । उजुरी पर्ने विधालयहरुमा श्री कृष्ण प्रावि भेडियाही ६ ,श्री अनमोल प्रावि भेडियाही ३,श्री निम्न मावि उचीडिह प्रेमपुर गोनाही ४ ,श्री प्रावि अजगैवि ५ ,श्री प्रावि टेंग्राहा ६ ,श्री कालिका मावि बनबहुअरी ६ सन्तपुर ,श्री नेमधारी वासुदेव उच्च मावि मुडवलवा ८ श्री जानकी प्रावि आकड पातर ,गम्हरीया विर्ता ९ , श्री मा“ जागरणप्रावि विर्ति प्रष्टोका १० ,श्री उच्च मावि पथरा बुधराम ११ , श्री राधाकृष्ण मावि मिठुअवा १२ ,श्री मावि भेडियाही १३ ,श्री निमावि झुनखुनवा रहेका छन् ।
पाठ्य पुस्तकका लागी आर्थिक वर्ष ०६७/०६८ को लागी जिल्लाका सरकारी तथा सामुदायीक विधालयहरुमा अध्ययनरत १ लाख ३ हजार ६ सय ३० जना विधार्थीका लागी जिल्ला शिक्षा कार्यालय रौतहटले २ करोड २६ लाख ८४ हजार ५ सय ८० रुपैंया निकासा दिएको भए पनि अधिकांश विधालयले आफना विधार्थीलाई पाठ्य पुस्तक दिएका छैनन् ।
यस्तै छात्रवृतिका लागी कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत २७ हजार २ सय ७१ जना दलित विधार्थीको लागी १ करोड ४ लाख ९९ हजार २ सय ,कक्षा १ देखी ८ सम्म अध्ययन गर्ने छात्रा विधार्थी ३० हजार ५ सय ९० जनाको लागी १ करोड २२ लाख ३६ हजार र मावि शिक्षा छात्रवृति ४ सय ३६ जनाको लागी ७ लाख ४१ ह्जार २ सय रकम विधालयमा निकासा भए पनि अधिकांश लक्षित विधार्थीले पाउन सकेका छैनन ।
रौतहट जिल्लामा प्राथमिक विधालय तीन सय ३० वटा ,,निमावि ७१ वटा ,,मावि ३४ वटा ,उमावि ३० वटा र मर्दशा २२ वटा रहेका छन ।

No comments:

Post a Comment