Sunday, January 23, 2011

नेपाली कांग्रेस पर्साको सभापति पदमा सुरेन्द्र प्रसाद चौधरी विजयी,

सुरेन्द्र प्रसाद चौधरी
वीरगंज/०८/माघ


नेपाली कांग्रेस पर्साको सभापति पदमा सुरेन्द्र प्रसाद चौधरी विजयी हुनु भएको छ । उहांले आफ्नो निकटतम प्रतिद्धन्दी अजय द्विवेदी भन्दा ७ मत बढी ल्याएर विजयी हुनु भएको हो । उहांले ४ सय ७६ मत ल्याएका थिए भने प्रतिद्धन्दी द्विवेदीले ४ सय ६९ मत ल्याउनु भएको थियो ।

त्यसैगरी सचिव पदमा उनकै पाइनलका अशोक जैसवाल ४ सय ४६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी बृहष्पति कृष्ण श्रेष्ठले ३ सय ४१ मत ल्याएका थिए । कोषाध्यक्षमा पनि चौधरी पाइनलकै किशोरी प्रसाद कानु ४ सय ९९ मत ल्याएर विजयी भएका छन् । उहांका प्रतिद्धन्दी इम्तियाज आलमले ४ सय १४ मत पाएका थिए । जिल्ला सदस्यमा निर्वाचित २५ जना मध्ये भने द्विवेदी पाइनलका बढीले जित हासिल गरेका छन् ।

कुल मतदाता संख्या ९६८ रहेकोमा खसेको मत मध्ये ९४५ सदर भएको थियो । सदर मत मध्ये चौधरीले ४७६ र द्विवेदीले ४६९ मत प्राप्त गरेका थिए ।

शनिवार विहान १० बजे वाट शुरु भएको मतदान ४ बजे सम्म सकिए पनि आन्तरिक विवादका कारण मतगणना कार्य राति १० बजे बाट शुरु भएको थियो । राति ३ बजे निर्वाचन कार्यालय निर्वाचन परिणामको घोषणा गरेका थिए ।

विगत १ महिना देखि नेपाली कांग्रेस पर्सा भित्र चर्चाको शिखरमा रहेको जिल्ला कार्य समितिको निर्वाचन लाई लिएर बजार तातेको थियो । पूर्व मन्त्री एवं केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद चौधरीले सभापति पदको उम्मेदवारी घोषणा गरेपछि कांग्रेसी बजार अझै तातेको थियो । अजय द्विवेदी पक्षमा पर्साका सभासदहरुको पकड रहेकोले भारी देखिएका थिए भने सुरेन्द्र चौधरी पनि कम देखिएका थिएन । शनिवार नगर सभा गृहको हाताभित्र गाउ र नगर क्षेत्रवाट आएका मतदाताहरुले बडा गम्भिर र गहन चिन्तनका साथ मतदानमा सहभागि भएको देखिएका थिए ।

यसरी समान्य विवाद र गम्भिर अन्तरविरोधका विच सम्पन्न भएको निर्वाचनले चौधरी र द्विवेदी विच को मत सर्वेक्षणलाई प्रष्ट रुपमा स्थापित गरि दिएको छ ।

राति ३ बजे निर्वाचन आयोगले निर्वाचनको परिणामलाई घोषणा गरे पश्चात उपस्थित रहेका चौधरी पक्षधर नेता कार्यकर्ताहरुले विजय जुलुस प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment