Tuesday, January 18, 2011

दुर्घटनामा परि बीरगंजको तीन परिवारमा तीनको मृत्यु आचार्य, मानन्धर र गौतमको मृत्युबाट बीरगंज शोकाकुल

वीरगंज÷०४÷माघ

चितवन महोत्सव हेरेर फर्कन लागेको बेलामा अमलेखगंज आधाभारमा रोकि राखेको ट्रकमा ठोक्किदा दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरगंजका दिनेश आचार्य, इसिता मानन्धर र उमंग गौतम रहेका छन् । यसैगरी सिकिस्त घाईते हुने टिसा मानन्धर र दिनेश आचार्यको छोरा सर्देश आचार्य रहेका छन् । यी तिनै परिवारको घरमा रुवाबासी छाएको छ, भने उनीहरुका आफन्तजन, शुभचिन्तक र वीरगंजवासी यो घटनावाट शोकाकुल भएका छन् ।

चितवनबाट बीरगंज फर्कने क्रममा बा ४ च ९२७५ नम्बरको सेन्ट्रो कार दिनेश आचार्य आफैले चलाउदै आईरहेको बेला आधाभार स्थित ना ४ ख १०१५ नम्बरको उभि रहेको ट्रकमा पछाडीबाट ठोकिन्दा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परि बर्ष ४० का दिनेश आचार्य, प्रविण मानन्धरको १५ बर्षिय छोरी इसिता मानन्धर र अमर गौतमको १३ बर्षिय छोरा उमंग गौतमको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका प्रविण मानन्धरको अर्की १२ बर्षिय छोरी टिसा मानन्धरको काठमाण्डौ बासवारी स्थित न्यूरो अस्पतालमा र मृत्यु भएका दिनेश आचार्यका १४ बर्षिय छोरा सर्देश आचार्यको उपचार काठमाण्डौमै वि.एण्ड वि. अस्पतालमा भईरहेको छ । दुर्घटना सोमवार राति करिब ११ः४० बजे भएको थियो । मृतक दिनेश आचार्यको शवलाई आज विहानै वीरगंज ल्याई नारायणी उपक्षेत्रिय अस्पतालमा पोष्टमार्टम पश्चात अशोक वाटीका स्थित समसानघाटमा दाहसंस्कार गरिएको छ ।

यसैगरी मृत्यु हुने इसिता मानन्धर र उमंग गौतमको शव काठमाण्डौ उनका परिवारजन काहा लगिएको थियो । दुःखका साथ भन्नु पर्दा दुर्घटनामा परेर ज्यान गुमाएका दिनेश आचार्य वीरगंज जेसिसका पूर्व अध्यक्ष र वीरगंज स्थित व्हील्स मोटरसाईकल शो रुमका संचालक थिए । अर्की मृतक इसिता मानन्धर नेपाल रक्त संचार केन्द्रका अध्यक्ष र फोटो पत्रकार प्रविण मानन्धरको छोरी रहेकी छिन,भने उमंग गौतम प्रुडेन्टल इन्सुरेन्सका अमर गौतमका छोरा रहेका छन् । आचार्य लगायत यी दुवै जना अभिभावक वीरगंज जेसिस संग आबद्ध रहेका छन् । यी तिनै जनाको परिवारहरु असल मित्र भएकोे र संगै चितवन महोत्सव हेर्न गएका थिए । फर्कने क्रममा आचार्यले तिनै परिवारका बच्चाहरु र आफू सेन्ट्रो कार चलाई हेटौडावाट आईरहेका थिए । अरु साथीहरु र उनकी श्रीमति उनको पछाडी अर्को गाडीमा रहेका थिए ।

मृतक दिनेश आचार्य वीरगंज श्रीपुर स्थित व्हील्स मोटर साईकल शोरुमका संचालक भएकोले उनको मृत्युको शोकमा वीरगंजमा रहेका सबै मोटर साईकल शोरुमहरु बन्द रहेका थिए । आचार्यको दाहसंस्कारमा उनका परिवारजन, वीरगंज जेसिसका पूर्व र वर्तमान पदाधिकारीहरु र वीरगंजका शुभ चिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

2 comments:

  1. धिरेन्द्र सर नमस्कार । पहिलो पटक तपाईको ब्लगमा आईपुगेको छु । तर पहिलोचोटी नै नमिठो अनुभव भयो । तपाई पत्रकार भएकाले पत्रकारीताको आंचारसंहित त मैले सिकाईरहनु पर्दैन । कस्तो कस्तो तस्विर पत्रिका÷अनलाईनमा सम्प्रेषण गर्नुहुन्छ र कस्तो हुँदैन भन्ने कुरा । यो समाचारमा राखिएको तस्विरले पत्रकारिताको क,ख रा पनि नजानीकन पत्रकारिता गरेको भान हुन्छ । खैर धेरै नै लेखियो होला केही गल्ति भए माफ पाउँ । प्रकाश पौडेल झापा

    ReplyDelete
  2. प्रकाश जीको कुरामा म पनि सहमत छु पत्रकारिता गरेको त धेरै भएको छैन पुग नपुग ठ बर्ष जति भयो होला अहिलेसम्मको अनुभवको आधारमा भन्नै पर्दा यस्तो फोटोहरु चाहि प्रकाशन नगर्दा जाती हुन्छ । यसले अर्को दुर्घटना निम्त्याउँछ । सकिन्छ भने यसलाई निकाली दिनुहोला। ब्लग मार्फत आफ्नो कलमलाई अगाडि बढाऊनु भएकोमा धन्यवाद साथै प्रगतिको शुभकामना । दिनेश कार्की श्रमबोध राष्ट्रिय मासिक

    ReplyDelete