Wednesday, January 12, 2011

मकर संक्रान्ति जस्ता पर्वहरुको तिथी मिति विवादित हुनु ठिक छैन - पुरोहित

वीरगंज÷२८÷पुस

हिन्दू धार्मिक, सामाजिक र सांस्कृति आधारित परम्पराकाल देखि मकर संक्रान्ति (खिचडी) पर्व वडो धार्मिक मन, वचन र कर्मले मनाउदै आइएको छ , भविष्यसम्म पनि मनाउनमा कुनै कमि रहने छैन, कुरा सर्वविदितै छ । प्रत्येक बर्ष पौष महिनाको अन्त्य र माघ महिनाको शुरु तिर अर्थात माघ १ गते मनाउदै आइएको धार्मिक ऐतिहासिक तथ्यले घाम जस्तै छर्लङ्ग पारेको छ । तर यस बर्ष मकर संक्रान्ति (खिचडी) मनाउने तिथी मिति फरक देखिएको विवादमा परेको छ ।

राजनीतिक, आर्थिक, वैज्ञानिक लगायतका प्रमुख मुद्दाहरुमा तर्क वितर्क भई विवादित भए पनि धार्मिक मुल्य मान्यताको तथ्यमा आधारित मकर संक्रान्ति जस्तो विषयमा तिथी मिति विवाद हुनु विडम्वना पूर्ण छ । हिन्दू धर्मका अगुवा एवं मुल पुरोहित (पंडित) हरु वीच नै यसको विषयमा विवाद चल्न र चलाउनु राम्रो पक्ष हो । यस्तोले चाहिएको जस्तो सार्थकता, महत्व पाउदैन र सबैमा द्धिविधा उत्पन्न गराउछ । खिचडीको विषयमा पञ्चाङ्ग र पंडितहरुमा मतभेद छ, एकमत छैन । यो पर्व पौष ३० गते शुक्रवार कि माघ १ गते शनिवार अर्थात जनवरी १४ कि जनवरी १५ तारिखमा मनाउने भने विषयमा विवाद उत्पन्न भएकोछ । कसैले शुक्रवार त कसैले शनिवार मनाउने सल्लाह दिइरहेका छन् । महावीर पञ्चाङ्ग अनुसार शनिवारको परेको र शताब्दी पञ्चाङ्ग एवं मिथिला पञ्चाङ्ग अनुसार शुक्रवार परेको छ । संक्रान्ति कै दिन नै खरवाह समाप्त हुन्छ र विवाह लगायतका शुभ मुर्हुत शुरु हुने धार्मिक र सामाजिक मान्यता रहेको कुरा पंडित पुरोहितहरु बताउछन् । त्यस दिन गंगा स्नान (नुहाएर) गरी पुण्य दान गर्ने परम्परा रहेको छ । तील दान, दही, चिउरा वा खिचडी खाने खुवाउने गरिन्छ । भन्न खोजिएको के हो, भने यस्ता महत्वपूर्ण चाड पर्वहरुको तिथी मिति विवाद रहित हुनु पर्छ, विवादित हुनु हुदैन र सवैले शुद्ध मन, बचन र कर्मले उत्साहका साथ मनाउनु पर्दछ ।

No comments:

Post a Comment